काठमाडौँ । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबिच सम्झौता भएको छ ।
ऊर्जामन्त्री दीपक खड्का र खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा शुक्रबार ऊर्जा मन्त्रालयमा दिगो खानेपानी व्यवस्थापनका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले सम्झौता गरेको हो ।
सम्झौतामा खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सबैलाई सर्वसुलभ रूपमा पर्याप्त, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा समन्यायिक पहुँचको विकास अध्ययन तथा अनुसन्धान र प्रविधि विकाससम्बन्धी काम खानेपानी मन्त्रालय र जलस्रोतको दीर्घकालीन योजना, दिगो विकास, संरक्षण, उपयोग, नियमन र पानीको बाँडफाँट तथा जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधिसम्बन्धी काम ऊर्जा मन्त्रालयले गर्ने उल्लेख छ ।
सम्झौताले नेपालको संविधान, दिगो विकासका लक्ष्य, खानेपानी सरसफाइ तथा स्वच्छता नीति, २०८०, खानेपानी तथा सरसफाइ ऐन–२०७९ ले खानेपानी तथा सरसफाइलाई मौलिक हकका रूपमा परिभाषित गरेअनुसार सबैलाई सधैँका लागि सुरक्षित खानेपानी पहुँच पुर्याउन लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा खानेपानी मन्त्रालयले भविष्यमा कार्यान्वयन गर्न लागेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामध्ये जलस्रोतको बहुउपयोगको साझेदारी गर्नुुपर्ने आयोजना यकिन गरी त्यस्ता आयोजनाका लागि आवश्यक खानेपानीको स्रोत, जल स्थानान्तरण स्थान, जलस्रोतको परिमाणको जानकारी सिँचाइ मन्त्रालयलाई गर्ने उल्लेख छ ।
यस्तै, सिँचाइ मन्त्रालयबाट भविष्यमा निर्माण गरिने आयोजना, निर्माणाधीन तथा सञ्चालमा रहेका सिँचाइ आयोजनाबाट खानेपानी मन्त्रालयले कार्यान्वयन गर्ने सुनकोशी थोक खानेपानी वितरण प्रणाली, बबई कोहलपुर थोक खानेपानी वितरण प्रणालीलगायत अन्य खानेपानी आयोजनाका लागि सिँचाइ मन्त्रालयको कार्यक्षेत्र तथा संस्थागत उद्देश्य प्राप्तिमा कुनै असर नपर्ने गरी खानेपानी मन्त्रालयको अनुरोधअनुसार आवश्यक परिमाणमा पानी उपलब्ध गराउने उल्लेख छ ।
दुवै मन्त्रालयबिच आवश्यक समन्वय तथा छानबिन गर्नका लागि सम्पर्क व्यक्ति तोकिने छ । खानेपानी मन्त्रालयले पानीको अभावले सञ्चालनमा नआएका प्रणालीहरू र आवश्यक पानीको परिमाणको भू–सूचना प्रणालीसहितको तथ्याङ्क सङ्कलन गरी सिँचाइ मन्त्रालयलाई उपलब्ध गराउने तथा निर्माणाधीन तथा सञ्चालनमा रहेका सिँचाइ तथा बहुउद्देश्यीय आयोजना सम्बद्ध खानेपानी मन्त्रालयबाट माग भएका तथ्याङ्क, उपलब्धता आवश्यकताअनुसार खानेपानी मन्त्रालयलाई उपलब्ध गराउन सिँचाइ मन्त्रालय लाग्ने उल्लेख छ ।
दस वर्षका लागि गरिएको उक्त सम्झौता संशोधन, विस्तार तथा परिवर्तन गर्नुपरेमा दुवै मन्त्रालयको लिखित सहमति आवश्यक पर्नेछ । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०७:५८
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो ...
फाल्गुन २२ गते, २०८२ - ०७:५२
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - ०७:४६
कञ्चनपुर। कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...



प्रतिकृया लेख्नुहोस्: