Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

झापा–५ को प्रारम्भिक मतगणना : बालेन ओलीभन्दा दोब्बर बढी मतले अगाडि

खबरडबली संवाददाता

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्।

प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका बालेन शाहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन्। यससँगै शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन्।

मतगणनाको हालसम्मको नतिजामा श्रम संस्कृति पार्टीका समीर तामाङ तेस्रो स्थानमा छन्। उनले १ सय ३९ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन्।

झापा–५ यस पटकको प्रतिनिधिसभा निर्वाचनमा निकै चासोको केन्द्र बनेको क्षेत्र हो, जहाँ एमाले अध्यक्ष ओली र रास्वपा नेता शाहबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ।

हाल मतगणना जारी रहेको र आगामी गणनासँगै परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...

कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...

विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनका संरचना हटाइने, कोठा–भवन–जमिन नदिने निर्णय

विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने

क्रियाशिल सदस्यतामा अलमल नपरौँ, झनै व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने, ९ वटा मुख्य एजेन्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...

शिशु आहारमा मुसाको विष भेटिएपछि...

काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending