Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्राधिकरणबाट हटाइएपछि राजनीतिमा आउने कुलमानको संकेत

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताएका थिए  । 

‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए ।  अदालतको आदेशसँगै कुलमानले अब आफू प्राधिकरण नफर्कने सोचका साथ शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका थिए    ।

माने पनि, नमाने पनि अँध्यारो नेपाललाई उज्यालोमा परिणत गर्ने श्रेय धेरैजसो नागरिकले कुलमानलाई नै दिन्छन् । यद्यपि उज्यालो नेपाल बनाउने काम कुलमान एक्लैबाट सम्भव भएको भने होइन । विगतका ऊर्जामन्त्री र प्रधानमन्त्रीहरूको सहयोगबाटै कुलमानले त्यो श्रेय पाउन सम्भव भएको हो ।

जनताको सेन्टिमेन्ट बुझेका र कूटनीतिक शैलीमा कुरा गर्न जान्ने कुलमानले राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाका साथ पूरा गर्दा केही स्वार्थी समूहबाट आफ्नो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्नेगरी विगतबाटै प्रत्यक्ष–अप्रत्यक्ष चौतर्फी प्रहारका प्रयास भएको पनि बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

ओलीको स्वास्थ्य ‘गडबडी’ नभए सोमबार अप्रेसन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...

एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending