Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्छः प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने बताएका छन् । 

शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका छन् ।  

उनले शिक्षकहरू अहिलेको सरकारसँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए । उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकारले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरूका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे । उनले सरकार शिक्षकबिरोधी नभएको र शिक्षकहरू पनि सरकार विरोधी नभएको उल्लेख गर्दै मागहरू परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु । किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी । किनभने प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो । अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ । त्यसकारण आउनुभएको हो । हामी कुराकानी पनि गर्छौँ । हामी उहाँहरूका कुरा सुन्छौँ पनि । न उहाँहरू सरकारबिरोधी हो, न सरकार उहाँहरू विरोधी हो रु यो सबै हामी एउटै हौँ । के कस्तो गर्न सकिन्छ, के गर्नुपर्छ भन्नेकुरा परस्परमा बसेर  सल्ला गरेर टुंगिने हो । धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ । सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन । उहाँहरू यहाँ आइहाल्नुभएको छ, ठिक छ, आइरहनुपर्ने पनि थिएन । सानै डेलिगेसन आएर भन्दा पनि हुन्थ्यो । तर पनि उहाँहरूले सरकारले सुनेन कि भनेर पहिला पहिला जस्तै ठान्नुभयो होला । र अहिले ठुलै जमात जानुपर्छ भनेर नै आउनु भयो होला । यो विश्वासको लागि धन्यवाद भन्छु ।’

प्रधानमन्त्री ओलीले काठमाडौंमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending