Ntc summer Offer
Khabar Dabali २७ चैत्र २०८१ बुधबार | 9th April, 2025 Wed
Investment bank

नारायणगढ-बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

खबरडबली संवाददाता

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

“दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ”, उनले भने । 

नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको हो । 

नारायणगढ–बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन् । 

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । रु १७ अर्बको लागतमा सडक निर्माणको काम भइरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिचिण्डो र घिरौलाको मूल्य किलोको ७० रुपैयाँ, आज कति छ तरकारीको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

ओली–मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

भारत जाने वा मोदीलाई नेपाल ल्याउने ओली इच्छा पूरा भएन

वैदेशिक ऋण बढेको बढ्यै

काठमाडौं । नेपालको सार्वजनिक ऋण महिनैपिच्छे बढेकाले अर्थविद् तथा सर्वसाधारणले चिन्ता व्यक्त गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो सामान्य प्र...

अछामको जयगढ बजारमा भीषण आगलागी

अछाम । बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ...

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधि...

तीनकुने घटनामा संलग्न थप दुई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १५ गते तीनकुने क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ...

पर्साका लोकनाथले छिमेकीको हत्या गरे, अनि १७ वर्षदेखि नक्कली साधु बनेर हिँडे

काठमाडौँ । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ ...

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : गगन थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन् । सरकारले केही गरेन भन्ने भा...

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वुधबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैया...

दूरी १४ किलोमिटर, यात्रा अवधि दुईदेखि तीन घन्टा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ। सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy