Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

पर्यटन प्रवर्द्धन गर्न ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’

खबरडबली संवाददाता

ओखलढुङ्गा । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो । 

पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर खिजीदेम्बा गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष गम्बु शेर्पाले बताए। 

अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका छ देशका र नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा पर्यटन क्षेत्रबाट गाउँपालिका सँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने भएकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगिता सहितको महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाले भने। 

‘पहिलो वर्ष नै छ देशका विदेशी र नेपालका ख्यातिप्राप्त खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सुनिश्चित भईसकेको छ । पर्यटन विकासमा जिल्लामै प्रचुर सम्भावना भएको खिजीदेम्बाले सम्भावना चुम्दै विश्व भरका पर्यटक तान्ने लक्ष्य राखेको छ,’ अध्यक्ष शेर्पाले भने। हरेक नयाँ वर्षको अवसरमा देम्बाडाँडामा गल्फ महोत्सव गर्ने नीतिगत निर्णय गरेको खिजीदेम्बाले महोत्सवका लागि यसवर्ष १० लाख बजेट विनियोजन गरेको छ । 

पालिकाले केही समय अघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्धारा सम्भाव्यता अध्ययन गरेको थियो । खिजीदेम्बा गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि १ महिनाअघि ३ दिने जातिय पहिचान सहितको सास्कृतिक महोत्सव सञ्चालन गरिएको थियो । 

विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङको समेत पूर्वाधार विकास गरिएको छ । साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिताहरु आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष शेर्पाले बताए। 

२०७४ वैशाख १ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सोही स्थानमा प्रथम थोलेदेम्बा महोत्सव आयोजना गरिएको थियो । नेपालको नक्साङ्कन गर्दा तत्कालिन समयमा देम्बाडाँडासहित नेपालका ७ अग्ला डाँडालाई केन्द्र बनाइएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन–२ मा रवि लामिछाने फराकिलो मतान्तरले अगाडि

भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो ...

झापा–५ को प्रारम्भिक मतगणना : बालेन ओलीभन्दा दोब्बर बढी मतले अगाडि

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त ...

कञ्चनपुरमा रास्वपाका उम्मेदवार अगाडि

कञ्चनपुर। कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE