ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत् सिकाइ मेला आयोजना गर्ने भएको हो।
पालिकाभरका अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायतको सहभागितामा सिकाइ मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। अध्यक्ष वनेमका अनुसार खस्किँदो शैक्षिक गुणस्तर सुधार गर्ने पहलस्वरूप सिकाइ मेलाको आयोजना गरिएको हो। सिकाइ मेलाले शिक्षा सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको वनेमको भनाइ छ।
शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य राखेरै बृहत् शैक्षिक सम्मेलन लगायतका कार्यक्रम ९गतिविधि० गर्दै आएको गाउँपालिकाले अहिले शिक्षकलाई सिकाइमैत्री वातावरण निर्माण केन्द्रित तालिम पनि दिँदै आएको छ। ‘गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री विद्यालय’ भन्ने नारासहित आधारभूत तहका शिक्षकको सहभागितामा सिकाइमैत्री तालिम सञ्चालन गरिँदै आएको गाउँपालिकाले जनाएको छ।
सोमबार सम्पन्न हुने सिकाइमैत्री तालिममा आधारभूत तह ९कक्षा १–८० सञ्चालित पालिकाभरका विद्यालयमा कार्यरत ११५ जना शिक्षक सहभागी भएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिए । तालिमको सहजीकरण राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, विषय विज्ञ अर्जुन भट्ट र कमला देवकोटाले गरिरहेको तामाङले बताए।
यसअघि गाउँपालिकाले पालिकाभरका बाल विकास केन्द्रका शिक्षक ९बाल विकास सहयोगी कार्यकर्ता० लाई ६५ दिने मन्टेस्वरी सिकाइसम्बन्धी तालिम प्रदान गरेको थियो। चैत पहिलो साता सम्पन्न भएको सो तालिममा पालिकाभरका २६ जना बाल विकास सहयोगी कार्यकर्ताले सहभागिता जनाएका थिए।
त्यस्तै गत जेठ महिनामा गुणस्तरीय शिक्षा र शैक्षिक सुधारको योजना बनाई गाउँपालिकाले बृहत् शैक्षिक सम्मेलनको आयोजना गरेको थियो। पालिकाभरका अभिभावक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको सहभागितामा शैक्षिक सम्मेलन सम्पन्न गरिएको थियो। यता सिकाइ मैत्रीलगायत गुणस्तरीय शिक्षा तथा शैक्षिक सुधार केन्द्रित तालिमबाट प्राप्त सीप र दक्षतालाई आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष वनेमले बताए। उनका अनुसार नयाँ शैक्षिक सत्रदेखि शिक्षकहरूले तालिमबाट प्राप्त सीप र दक्षतामा आधारित शिक्षण गर्नुपर्ने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...
जेष्ठ २८ गते, २०८३ - १५:२८
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...
जेष्ठ २८ गते, २०८३ - १५:२०
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...
जेष्ठ २८ गते, २०८३ - १५:०६
दाङ। रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...
जेष्ठ २८ गते, २०८३ - १४:४९
नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...
जेष्ठ २८ गते, २०८३ - १४:४२
बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...
जेष्ठ २८ गते, २०८३ - १४:२८
बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...
जेष्ठ २८ गते, २०८३ - १४:११
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...



प्रतिकृया लेख्नुहोस्: