काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज मागपत्र बुुझाइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेकपा एमालेसहितका जिल्लास्थित प्रतिनिधिमण्डले क्याम्पसको आवश्यक भौतिक पूूर्वाधार निर्माणसहित अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट निर्माणमा प्राथमिकता दिन आग्रह गरेका थिए ।
मागपत्र बुुझाउन पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरु गौरी वली र भरतबहादुर खड्का, सुदुुरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका जिल्ला अध्यक्ष मञ्जुु मलासीलगायतले बालुवाटार पुगेका हुन ।
दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डोटी प्राविधिक आङ्गिक क्याम्पसका रुपमा सञ्चालन हुने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गरेका हुन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं काँग्रेसका नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै पुरानो गौरवपूर्ण इतिहास बोकेको डोटी विकासमा पछाडि परेको विषयमा आफू जानकार रहेकाले अब प्राथमिकतामा पर्ने विश्वास दिलाए ।
प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चितता गरेर मात्रै गर्न लागिएको उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास अनिवार्य बनाउन सकिए टाढा टाढाका विद्यार्थी त्यहीँ बसेर पढ्न सक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८१ - १६:५९
लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ । बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...
चैत्र २६ गते, २०८१ - १६:५३
काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका...
चैत्र २६ गते, २०८१ - १६:४७
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...
चैत्र २६ गते, २०८१ - १६:२८
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...
चैत्र २६ गते, २०८१ - १६:०८
टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...
चैत्र २६ गते, २०८१ - १५:४७
याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्
चैत्र २६ गते, २०८१ - १५:३१
काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी...
चैत्र २६ गते, २०८१ - १५:१६
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...
चैत्र २६ गते, २०८१ - १४:४७
झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी
चैत्र २६ गते, २०८१ - १४:२९
ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...
प्रतिकृया लेख्नुहोस्: