ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो।
उक्त स्वास्थ्य सामग्री अर्थात एइडी मेसिन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले अस्पताललाई प्रदान गरेको छन। मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट डा. प्रनाम जयरुलाई एइडी मेसिन हस्तान्तरण गरेको हो।
सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको प्रदेशमन्त्री हाङ्गामको सचिवालयले जनाएको छ। हृदयघातजस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एइडी मेसिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने बताइएको छ।
दुर्गम जिल्लाको अस्पताललाई धेरै महत्त्वपूर्ण मेसिन प्राप्त भएकाले जिल्लावासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङ्गामले बताए। सुविधा सम्पन्न स्वास्थ्य संस्था साथै अस्पतालको पहुँचभन्दा टाढा रहेको क्षेत्रमा एइडीजस्तो महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्राप्त भएको र यसलाई सही प्रयोग गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८१ - १६:५९
लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ । बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...
चैत्र २६ गते, २०८१ - १६:५३
काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका...
चैत्र २६ गते, २०८१ - १६:४७
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...
चैत्र २६ गते, २०८१ - १६:२८
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...
चैत्र २६ गते, २०८१ - १६:०८
टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...
चैत्र २६ गते, २०८१ - १५:४७
याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्
चैत्र २६ गते, २०८१ - १५:३१
काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी...
चैत्र २६ गते, २०८१ - १५:१६
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...
चैत्र २६ गते, २०८१ - १४:४७
झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी
चैत्र २६ गते, २०८१ - १४:२९
ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...
प्रतिकृया लेख्नुहोस्: