किएभ । रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट विदेशी भाषामा प्रसारण हुने सरकारी च्यानलको कार्यालय रहेको भवन आंशिक रुपमा ध्वस्त भएको एक टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।
रुसले युक्रेनमा आइतबार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने कैयो सरकारी कार्यालयहरूमा क्षति भएको थियो ।
रुसी भाषामा प्रसारण हुने फ्रिडम टेलिभिजन च्यानलले आफ्नो रिपोर्टमा भनेको छ, ‘अप्रिल ६ मा किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको स्टेट फरेन ब्रोडकास्टिङ इन्टरप्राइजेजको सम्पादकीय कार्यालय रहेको भवनमा ठूलो क्षति पुर्याएको छ ।’
‘आक्रमणबाट विदेशी प्रसारण च्यानलहरू अवस्थित व्यापारिक केन्द्रको माथिल्लो तीन तल्लाहरू पूर्ण रूपमा नष्ट भएका छन् भने तल्लो तल्लामा पनि ठूलो क्षति पुगेको र अहिले प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ,’ फ्रिडमले उल्लेख गरेको छ।
किएभका अधिकारीहरूले यसअघि रातभर भएको क्षेप्यास्त्र आक्रमणबाट व्यापारिक केन्द्रको केही तल्लामा क्षति पुगेको बताएका थिए। आपतकालीन सेवाहरूले आक्रमणपछि एउटा ठूलो भवनको छाना भत्केको र झ्यालहरू फुटेको तस्बिरहरू पोस्ट गरेका छन् ।
उक्त भवनमा फ्रिडम, डोम, युएटीभी इङ्लिस, द गेज, युएटीभी एस्पानोल, युएटीभी अरबी र युएटिभी पोर्टुगुएस सरकारी विदेशी भाषाका टेलिभिजन च्यानल र अनलाइन सञ्चारमाध्यम रहेका छन् ।
आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको सरकारी प्रसारण संस्थाकी प्रमुख युलिया बिनले बताएकी छन् । बिनका अनुसार गत फेब्रुअरीमा यसअघिको आक्रमणले आफ्ना कार्यालयलाई निशाना बनाएपछि च्यानलहरू हालै मात्र यस भवनमा सरेका थिए । ‘दुई महिनाभन्दा कम समयमा भएको यो दोस्रो आक्रमण हो । यस पटक नष्ट भएको कार्यालयमा हामी फेब्रुअरीको आक्रमणपछि भर्खरै सरेका थियौँ,’ बिनले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...
जेष्ठ २८ गते, २०८३ - १५:२८
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...
जेष्ठ २८ गते, २०८३ - १५:२०
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...
जेष्ठ २८ गते, २०८३ - १५:०६
दाङ। रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...
जेष्ठ २८ गते, २०८३ - १४:४९
नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...
जेष्ठ २८ गते, २०८३ - १४:४२
बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...
जेष्ठ २८ गते, २०८३ - १४:२८
बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...
जेष्ठ २८ गते, २०८३ - १४:११
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...



प्रतिकृया लेख्नुहोस्: