Ntc summer Offer
Khabar Dabali २७ चैत्र २०८१ बुधबार | 9th April, 2025 Wed
Investment bank

कर्मचारीले एघार महिनादेखि तलब पाएनन्

खबरडबली संवाददाता

सर्लाही । लामो समयदेखि आर्थिक सङ्कटमा गुज्रिरहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।

गएको वैशाख महिनादेखि तलब नपाउँदा चाडवाड मनाउन, छोराछोरी पढाउन, औषधि उपचार गर्न र दैनिक छाक टार्न ऋण लिनुपरेको कर्मचारी र मजदुरले गुनासो गरेका छन् । उनीहरुले तलब माग गर्दै वन तथा वातावरण मन्त्री र नेपाल सरकारका मुख्यसचिवलाई पत्र काटेर हारगुहार गरेका छन् । 

वन पैदावार विकास समिति र वन तथा वातावरण मन्त्रालयबाट आवश्यक नीतिगत निर्णय नहुँदा ११ महिनासम्म तलब नपाएको परियोजनाको मजदुर युनियनका अध्यक्ष सन्तोष साह तेलीले गुनासो गर्नुभयो । मजदुर र कर्मचारीको बेग्लाबेग्लै सङ्गठनले सरकारलाई पत्र पठाउँदै तत्काल तलबको व्यवस्था गरिदिन माग गरेका हुन् ।

सागरनाथ वन विकास परियोजना सर्लाही, महोत्तरी र रौतहट गरी तीन जिल्लाको १३ हजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सङ्घ वा प्रदेश सरकार कस्को मातहत रहने भन्ने विवादको चङ्गुलमा फसेको परियोजनामा कार्यरत निजामती कर्मचारी र मजदुरले पछिल्ला केही वर्षदेखि यसैगरी महिनौसम्म तलबविहीन भएर काम गर्न बाध्य भइरहेका छन् ।

तीनवटा जिल्लामा परियोजनाको वन जोगाउन रातदिन नभनी खटिएका आफूहरु ११ महिनासम्म तलबविहीन हुँदा पनि राज्यले बेवास्ता गरेको मजदुर युनियनका अध्यक्ष तेलीले दुःखेसो पोखेको छन । 

“रातदिन नभनी वन जोगाउन खटिएका हामीलाई ११ महिनासम्म तलब नपाउँदा घर, व्यवहार कसरी चलेको होला १ हाम्रो यो पिडा सरकारले बुझिदिएको छैन्” मजदुर युनियनका अध्यक्ष तेलीले भने, “अहिले बाध्य भएर सरकारलाई पत्र नै पठाएर तलब माग गरेका छौँ ।” 

परियोजनाका कर्मचारी र मजदुरले एक हप्ताभित्र तलब नपाए हड्तालमा उत्रने चेतावनी दिएपछि परियोजनाका प्रमुख खेमलाल विश्वकर्मा वन तथा वातावरण मन्त्रीसँग भेट गर्न सङ्घीय राजधानी काठमाडौं पुुग्नुुभएको छ ।

परियोजनाका प्रमुख विश्वकर्माले गएको भदौदेखि वन पैदावार विकास समिति अध्यक्षविहीन रहेकाले नीतिगत निर्णय हुन नसक्दा कर्मचारी र मजदुर करिब एक वर्षसम्म तलबविहीन भएर बस्नुुपरेको बताए। 

कर्मचारी र मजदुरले तलब पाउने व्यवस्था मिलाउनकै लागि आफू मन्त्री भेट्न काठमाडौं पुुगेको परियोजना प्रमुख विश्वकर्माले जानकारी दिए ।

“कर्मचारी र मजदुर साथीहरुले अब पनि तलब नपाए हड्ताल गर्छौँ भनेपछि म मन्त्री ज्यूलाई भेट्न आएको हुुँ,” उनले भने, “कर्मचारीले तलब पाउने वातावरण निर्माण नभएसम्म यहाँबाट जिल्ला फर्किन्न ।” 

आफू परियोजना प्रमुख भएर आएपछि ५० क्यूबिकफिट काठ बिक्री गरेर डिजेल र पेट्रोलको पुरानो पैसा तिरेको र कर्मचारीलाई केही महिनाको तलब समेत खुवाएपनि त्यसपछि भने सङ्घीय सरकार मातहतको वन पैदावार विकास समिति नै पदाधिकारीविहीन बनेपछि तलब निकासा, परियोजनामा भएका काठ बिक्री तथा काठ कटानको काम ठप्प भएको विश्वकर्माले बताएको छन । सागरनाथ वन विकास परियोजनामा ९३ जना ज्यालादारी मजदुर र ४१ जना कर्मचारी कार्यरत रहेका छन् । 

सरकारले वन पैदावार विकास समितिको अध्यक्ष नियुक्त गर्न बेवास्ता गर्दा सर्लाही, महोत्तरी र रौतहटमा फैलिएको सागरनाथ वन विकास परियोजना र झापामा रहेको रतुुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी समेत लामो समयसम्म तलबविहीन हुनुुपरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परेपछि....

लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...

बल्खु प्रदर्शनबाट पक्राउ परेका चार जना को को हुन् ?

काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।  काठमाडौँ प्रहरी परिसरका...

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...

बालेनलाई लिङ्देनको सुझावः आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्नू

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’: नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...

आईजीपीलाई दीपक थापा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष रहेछन्ः राजेन्द्र लिङ्देन

याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्

राप्रपाको सभाबाट घुसपैठको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी...

संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...

जडिबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको ज्ञानेन्द्र शाहीको आरोप

झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी

जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

ओखलढुङ्गा ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy