काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।
जसअनुसार आज दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।
राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि सो बैठक बोलाइएको हो ।
राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोके पछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो।
बैठकले स्थानिय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिए पछि अब के गर्ने ?भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।
प्रतिकृया लेख्नुहोस्: