Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति

खबरडबली संवाददाता

पथरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी  भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्।

सामुदायिक बन उपभोक्ता महासंघ अन्तर्गत रहेका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ४-४ र लेटाङ नगरपालिकाका ५ वटा सामुदायिक वनका प्रतिनिधि तथा वन अभियान्ताहरूले सोमबार डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको विरोध गरेका छन्।

कानेपोखरी,लेटाङ र पथरीशनिश्चरेका १३ वटा सामुदायिक वनले छोएको उक्त राष्ट्रिय वन करिब १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ।

सामुदायिक वनमा उपभोक्ताको संख्या दिनानुदिन बढ्दो रुपमा गइरहेको अवस्थामा सोही १३ वटा वनका उपभोक्ताले रेखदेख गर्दै आइरहेको राष्ट्रिय वन समुदायलाई नै हस्तान्तरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

उक्त वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत लैजाँदा संरक्षित राष्ट्रिय वनलाई स्थानीयस्तरबाट संरक्षणको कार्य निरन्तर भइरहेको भए पनि सेवा सुविधाबाट बञ्चित गरिँदा स्थानीय उपभोक्तालाई अन्याय हुने सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ मोरङको नेतृत्वमा डिभिजन वन कार्यलय मोरङ पुगेको उक्त टोलिले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी समेत दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE