पथरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्।
सामुदायिक बन उपभोक्ता महासंघ अन्तर्गत रहेका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ४-४ र लेटाङ नगरपालिकाका ५ वटा सामुदायिक वनका प्रतिनिधि तथा वन अभियान्ताहरूले सोमबार डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको विरोध गरेका छन्।
कानेपोखरी,लेटाङ र पथरीशनिश्चरेका १३ वटा सामुदायिक वनले छोएको उक्त राष्ट्रिय वन करिब १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ।
सामुदायिक वनमा उपभोक्ताको संख्या दिनानुदिन बढ्दो रुपमा गइरहेको अवस्थामा सोही १३ वटा वनका उपभोक्ताले रेखदेख गर्दै आइरहेको राष्ट्रिय वन समुदायलाई नै हस्तान्तरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
उक्त वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत लैजाँदा संरक्षित राष्ट्रिय वनलाई स्थानीयस्तरबाट संरक्षणको कार्य निरन्तर भइरहेको भए पनि सेवा सुविधाबाट बञ्चित गरिँदा स्थानीय उपभोक्तालाई अन्याय हुने सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ मोरङको नेतृत्वमा डिभिजन वन कार्यलय मोरङ पुगेको उक्त टोलिले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी समेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८२ - १०:१०
तनहुँ। चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षमा १६ बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आ...
बैशाख २२ गते, २०८२ - १७:१३
लेखनाथ। सोमबार दिउँसो अचानक आएको हावाहुरीसहितको वर्षातमा परी फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको कालिका गण कास्कीबाट खटिएको...
बैशाख २२ गते, २०८२ - १७:०८
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुन: खोल्न निर्देशन दिएको बताएको छन् । यो कुख्यात...
बैशाख २२ गते, २०८२ - १६:५७
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ । सोमबार तीन सय १९ कम्पनीको एक कर...
बैशाख २२ गते, २०८२ - १६:५४
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गरेको छन् । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत...
बैशाख २२ गते, २०८२ - १६:५०
नवलपुर। नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई ...
बैशाख २२ गते, २०८२ - १६:४३
काठमाडौं । पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू तालको बीचमा पुगेर फसेका छन् । उनीहर...
बैशाख २२ गते, २०८२ - १६:२१
ताप्लेजुङ। ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन (नानी) संयोजक रहेक...
बैशाख २२ गते, २०८२ - १६:१०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सात बुँदे सहमतिको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न सरकारलाई आग्रह...
बैशाख २२ गते, २०८२ - १६:००
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्द...
प्रतिकृया लेख्नुहोस्: