काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरुलाई उक्त क्षेत्रमा वातावरण बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री छन् ।
पक्राउ पनेहरू कुनै पनि पार्टीमा आबद्ध व्यक्ति नरहेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिकृया लेख्नुहोस्: