काठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई दुई प्रकारमा विभाजन गरी बिक्री वितरणका लागि आयल निगमले अन्तिम तयारी गरिरहेको छ । घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोजनार्थ सिलिण्डलाई छुट्याएर मूल्य पनि फरक–फरक बनाउन लागिएको हो ।
निगमले एलपी ग्यासमा धेरै घाटा भइरहेको भन्दै पेट्रोलियम पदार्थबाट पूर्ति भइरहेको बताएको छ । ग्यासमा निगमलाई अहिले प्रतिदिन ३ करोड र मासिकरूपमा १ अर्बभन्दा धेरै घाटा रहेको छ । १४.२ लिटरको ग्यास १ हजार ९ सय १० रूपैयाँमा बिक्री भइरहेको छ । निगमका अनुसार प्रतिसिलिन्डर लागत भने २ हजार २ सय ६ रूपैयाँ रहेको छ ।
निगमले सिलिन्डरमा दुई प्रकारको मूल्य लागू गर्न लागेको हो । जसअन्तर्गत उद्योगलाई लागत मूल्य अर्थात् २ हजार २ सय ६ रूपैयाँमा बिक्री गर्नेछ । भने, उपभोक्ताले भने १ हजार ९ सय १० रूपैयाँमा नै पाउने छन् ।
हाल दैनिक रूपमा करिब १ लाख सिलिन्डर एलपी ग्यास बिक्री भइरहेकोमा ६० प्रतिशतभन्दा धेरै व्यवसायिक प्रयोजनार्थ खपत भइरहेको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले उद्योग र उपभोक्ताका लागि छुट्टाछुट्टै मूल्य तोक्ने तयारी भइरहेको बताए ।
उनले भने, ‘काम अन्तिम चरणमा पुगेको छ । उपभोक्ताले अहिलेकै मूल्य अर्थात् १ हजार ९ सय १० रुपैयाँमा एक सिलिन्डर ग्यास पाउने छन् । भने, उद्योगले लागत मूल्य २ हजार २ सय ६ रूपैयाँमा किन्नुपर्ने छ ।’
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले औद्योगिक र घरायसी प्रयोजनको मूल्य पनि फरक हुने बताए । उनले नेपाल प्रेससँग भने, ‘कसरी मूल्य तोक्नेबारे मन्त्रालयमा छलफल भएको थियो । त्यो छलफलमा राष्ट्रिय परिचय पत्रलाई आधार मान्ने कि भन्ने पनि विषय उठ्यो । तर, अहिले नै सबै नागरिकसँग राष्ट्रिय परिचय पत्र नभएका कारण नागरिताका देखाएर नै सुरू हुन्छ । अब १ महिनामा उद्योग र घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक हुनेछ ।’
निगमले ग्यासमा दुई थरी मूल्य कायम गरेपछि ग्यास उपभोक्ताले आफ्नो नागरिकताको कपी राखेर ग्यास खरिद गर्न सक्ने छन् । एकजना व्यक्तिले वर्षमा २ वटा ग्यास घरायसी प्रयोजनका लागि थोरै मूल्यमा अर्थात् निगमको लागत मूल्यभन्दा कममा किन्न पाउने छन् । घरमा भएका सदस्य प्रत्येकले दुई सिलिन्डर पाउने छन् ।
निगमका अनुसार साना होटेल वा ग्यास प्रयोग हुने साना उद्योगले पनि लागत मूल्यमा नै ग्यास खरिद गर्नुपर्ने हुन्छ । जस्तै कुनै व्यक्तिको ४ जनाको परिवार छ र उसले सामान्य होटल चलाएको छ भने, उसको परिवारले वर्षमा ८ वटा ग्यास सिलिन्डर पाउने छ । होटेलमा वर्षमा ८ वटाभन्दा धेरै सिलिन्डर प्रयोगमा आए औद्योगिक प्रयोजनकै मूल्य तिर्नुपर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: