काठमाडौ । नयाँ शैक्षिक सत्रका लागि पालिका–पालिकामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थित कार्यालय र केन्द्रबाट धमाधम पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ ।
केन्द्रले विद्यालय तहका लागि १ करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ गरेको छ । ‘प्रदेश कार्यालय र केन्द्रबाट पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ । ७० प्रतिशत पाठ्यपुस्तक गइसकेको छ । १ हजार २ सय बढी बजार प्रतिनिधिमार्फत् वितरण भइरहेको छ । आज पनि जाँदै छ,’ उनले भने ।
‘क्यालेन्डर बनाएर पाठ्यपुस्तक वितरण भइरहेको छ । जसका कारण पाठ्यपुस्तक अभाव छैन,’ उनले भने । शिक्षक आन्दोलनका कारण केही विद्यालयले नतिजा सार्वजनिक नगरेको र केही पालिकाले रकम रिलिज नगरेकाले समस्या आएको उनको भनाइ छ ।
‘समस्या भएका पालिकामा पनि फोन गरेर भनेका छौं । छिट्टै ती ठाउँमा पनि पाठ्यपुस्तक पुग्छ,’ उनले भने । पाठ्यपुस्तक वितरणबारे अनुगमन गर्न सरकारी टोली पनि खटाइएको उनले बताए । जनक शिक्षा, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा मन्त्रालयको प्रतिनिधि रहने गरी अनुगमन टोली खटाइएको उनले बताए ।
‘पाठ्यपुस्तक विरतणबारे टोलीले अनुगमन गरेर सहजीकरण गर्ने छ । कुनै समस्या देखिए अनुगमन टोलीले तत्काल सहजीकरण गर्ने छ,’ उनले भने । जिल्ला–जिल्ला हुँदै पालिकामा पाठ्यपुस्तक पुगे पनि शिक्षक आन्दोलनका कारण सरकारी विद्यालयबाट विद्यार्थीको हातमा पुस्तक पुग्न भने सकेको छैन ।
२० चैतदेखि सरकारी विद्यालयका शिक्षकले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् । शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरेकाले पाठ्यपुस्तक वितरण, उत्तरपुस्तिका परीक्षण, भर्ना अभियान, गोष्ठी लगायतमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
सरकार र महासंघबीच सहमति नभए वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र र भर्ना अभियान प्रभावित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच बिहीबार पहिलो चरणको वार्ता भएको छ, तर सहमति हुन सकेन । जसका कारण शिक्षकहरू सडक आन्दोलनमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: