काठमाडौ । नयाँ शैक्षिक सत्रका लागि पालिका–पालिकामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थित कार्यालय र केन्द्रबाट धमाधम पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ ।
केन्द्रले विद्यालय तहका लागि १ करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ गरेको छ । ‘प्रदेश कार्यालय र केन्द्रबाट पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ । ७० प्रतिशत पाठ्यपुस्तक गइसकेको छ । १ हजार २ सय बढी बजार प्रतिनिधिमार्फत् वितरण भइरहेको छ । आज पनि जाँदै छ,’ उनले भने ।
‘क्यालेन्डर बनाएर पाठ्यपुस्तक वितरण भइरहेको छ । जसका कारण पाठ्यपुस्तक अभाव छैन,’ उनले भने । शिक्षक आन्दोलनका कारण केही विद्यालयले नतिजा सार्वजनिक नगरेको र केही पालिकाले रकम रिलिज नगरेकाले समस्या आएको उनको भनाइ छ ।
‘समस्या भएका पालिकामा पनि फोन गरेर भनेका छौं । छिट्टै ती ठाउँमा पनि पाठ्यपुस्तक पुग्छ,’ उनले भने । पाठ्यपुस्तक वितरणबारे अनुगमन गर्न सरकारी टोली पनि खटाइएको उनले बताए । जनक शिक्षा, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा मन्त्रालयको प्रतिनिधि रहने गरी अनुगमन टोली खटाइएको उनले बताए ।
‘पाठ्यपुस्तक विरतणबारे टोलीले अनुगमन गरेर सहजीकरण गर्ने छ । कुनै समस्या देखिए अनुगमन टोलीले तत्काल सहजीकरण गर्ने छ,’ उनले भने । जिल्ला–जिल्ला हुँदै पालिकामा पाठ्यपुस्तक पुगे पनि शिक्षक आन्दोलनका कारण सरकारी विद्यालयबाट विद्यार्थीको हातमा पुस्तक पुग्न भने सकेको छैन ।
२० चैतदेखि सरकारी विद्यालयका शिक्षकले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् । शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरेकाले पाठ्यपुस्तक वितरण, उत्तरपुस्तिका परीक्षण, भर्ना अभियान, गोष्ठी लगायतमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
सरकार र महासंघबीच सहमति नभए वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र र भर्ना अभियान प्रभावित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच बिहीबार पहिलो चरणको वार्ता भएको छ, तर सहमति हुन सकेन । जसका कारण शिक्षकहरू सडक आन्दोलनमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: