काठमाडौं । आफूलाई ‘ह्याक्टिभिस्ट नेपाल’ नामले चिनाउने एक ह्याकर समूहले सरकारी वेबसाइटहरूमा आक्रमण तीव्र बनाएको छ । पछिल्लो पटक यस समूहले नापी विभागको वेबसाइट (dos.gov.np) ह्याक गर्दै त्यसमा स्वर्गीय राजा विरेन्द्रको फोटो र ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लेखेको छ ।
शुक्रबार मेसेजिङ एप टेलिग्राममा सूचना पोस्ट गर्दै ह्याकर समूहले नापी विभागको वेबसाइट आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो । वेबसाइट खोल्दा हाल राष्ट्र र राजसंस्थाप्रति समर्थन जनाउने सन्देशसहित फोटो र भिडिओ सामग्री देखिन्छ ।
“नेपालमा लोकतन्त्रका कारण भ्रष्टाचारको स्तर उच्चतम बिन्दुमा पुगेको छ,” उक्त समूहले लेखेको छ, “नेपालमा लोकतन्त्रका कारण भ्रष्टाचारको स्तर उच्चतम बिन्दुमा पुगेको छ । राजनीतिक अस्थिरता र पार्टीगत स्वार्थले जनताको भलाइको स्थानमा व्यक्तिगत फाइदालाई प्राथमिकता दिएका छन् । ह्याक्टिभिस्ट नेपाल राजतन्त्रको पुनर्स्थापना पक्षमा रहेको छ, जसले राष्ट्रिय एकता, दीर्घकालीन स्थिरता र भ्रष्टाचारमुक्त शासनको सम्भावना खोल्न सक्छ, र नेपालको सही मार्गदर्शन सुनिश्चित गर्न सक्छ ।”
उक्त समूहले नापी विभागको वेबसाइटमा पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर’ समेत अपलोड गरेको छ । त्यस्तै डिजिटल युगमा सुरक्षा भ्रम मात्र भएको भन्दै आफूलाई इन्टरनेटको पहरेदार भएको दाबी गरेको छ ।
यसअघि बुधबार ‘ह्याक्टिभिस्ट नेपाल’ ले भन्सार विभागको वेबसाइट ह्याक गरेको दाबी गरेको थियो । टेलिग्राम च्यानलमा उक्त समूहले भिडिओ पनि राखेको छ । त्यसमा पनि राजालाई समर्थन गरिएको थियो । अहिले भने उक्त वेबसाइट सामान्य अवस्थामा फर्किएको छ ।
त्यस्तै आफूलाई राजावादी ह्याकर समूह भनेर चिनाउने '१८०० ह्याकर' नामको समूहले हालै डिभिजन वन कार्यालय सुनसरीको वेबसाइट ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीको एआई जेनेरेटेड भिडिओसहित अश्लील गीत पोस्ट गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: