कैलाली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताए ।
उनले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने उल्लेख गरे । पञ्चायतको समयमा धनगढी र गरिबको खाडले २३ गुणा बढी थियो । अहिले ८ गुणामा झरेको छ, समानतातर्फको यात्रा यो समाजमा अगाडि बढेको उल्लेख गरे ।
कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले काठमाडौँको तीनकुनेमा आतङ्क मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको बताए ।
उनले सुदूपश्चिममा विकासको गतीमा अघि बढेको बताए ।उनले गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरण्मा रहेको उल्लेख गरे । देशमा सङ्कट आएको बेला बिगतमा एमाले र कांग्रेस एक भएको उल्लेख गर्दै गणतन्त्र जोगाउन दुई पार्टीको मुख्य जिम्मेवारी भएको बताए ।
प्रतिकृया लेख्नुहोस्: