Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

नबिल बैंकलाई प्रधानमन्त्रीद्वारा नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा कार्यक्रममा सम्मानित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७९÷८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पु¥याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएकोे हो । 

नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९/८०,  आव २०६७/६८, आव २०७०/७१, आव २०७१/७२, आव २०७३/७४, आव २०७५/७६, आव २०७६/७७ र आव २०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भइसकेको छ । 

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

सरी’ र ‘धन्यवाद’सँगै सकियो रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...

रास्वपा महाधिवेशन : नेतृत्वमा दाबी गर्न हजारौँ शुल्क र दर्जनौँ समर्थकको सर्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...

घर छन्, घरमूली छैनन् : उजाडिँदै गाउँका बस्ती

काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending