काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको स्थायित्वबारे प्रश्न उठाएका छन् ।
गृह जिल्ला चितवनमा पुगेका प्रचण्डले आइतबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै नयाँ वर्षसँगै राजनीतिमा समेत नयाँ समीकरण बन्ने संकेत गरेका हुन् ।
पछिल्ला दिनहरुमा राजनीतिमा नयाँ घटनाक्रमहरु विकसित भइरहेको र आफूले नयाँ अनुभवका आधारमा सो कुरा बताएको भन्दै नयाँ सरकार बन्न सक्ने संकेत समेत गरेका हुन् ।
प्रचण्डको पछिल्ला अभिव्यक्ति नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’
त्यसो त गत असारमा सरकारबाट हटेपछि आफू ०८४ को निर्वाचन अघि सरकारमा नजाने र सहयोग नगर्ने अभिव्यक्ति दिइरहेका प्रचण्ड पछिल्ला दिनहरुमा सत्ता साझेदार रहेको दल नेपाली कांग्रेससँग लचिलो देखिएका छन् । प्रचण्डले केही दिनअघि दिएको एक टेलिभिजन अन्तर्वार्तामा आफू प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दै कांग्रेसले भनेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।
त्यसो त आज चितवन पुगेर वर्तमान सरकारप्रति चौतर्फी जनआक्रोश बढेको र कांग्रेसका शीर्ष नेताहरु समेत सरकारप्रति सकारात्मक रहन नसकेको भन्दै नयाँ वर्षमा केही नयाँ संकेत देखिने बताए ।
‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ,’ प्रचण्डले भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: