भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ ।
मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल रु तीन करोड ५० लाखको लागत मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ ।
आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक इ श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताए । परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुङ्गेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उनले जानकारी दिए ।
उक्त स्थानमा पर्खाल लगाएर शिवको मन्दिर आठ वटा खोपामा कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ । नेवारको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजनाअनुरुप बालकुमारी मन्दिरको स्थापना गरी प्रत्येक वर्ष वैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रागरी मन्दिरमा परिक्रमा गर्दै आएको उनले जानकारी दिए ।
बालकुमारी मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाबाट पहिलो पटक रु सात लाख ७५ हजार, बागमती प्रदेश सरकारबाट रु १५ लाख बजेट आएर दुई तलाको बालकुमारीसत्तल निर्माण जारी रहेको संयाजक श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाबाट आव २०७१/८० मा रु १४ लाख र आव २०८०/८१ मा रु २० लाख र आव २०८१/८२ मा रु २५ लाख नगरपालिकाबाट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट थप रु १२ लाख विनियोजित गरी धार्मिक संरचना निर्माण भइरहेको छ ।
बालकुमारी माताको मन्दिरलगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न रु एक करोड ६६ लाख र पित्तलको छानो छाउन रु ७३ लाखलगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कूल रु तीन करोड ५८ लाखको लागत लाग्ने परियोजनामा उल्लेख छ ।
महायज्ञ सफल पार्न १५१ सदस्य रहेको इ श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले आगामी वैशाख १९ गते शुक्रबारदेखि वैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको उनले बताए ।
महायज्ञबाट कूल रु दुई करोड ५० लाख रकम सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै उनले महायज्ञ सम्पन्न भएपछि सङ्कलित रकमबाट आउँदो एक वर्षभित्र मन्दिरका सबै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए । महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तरराष्ट्रिय भागवत प्रवक्ता श्री १००८ महाण्डलेश्वर स्वामी ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने समितिका रवि चपलछेँ श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: