Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

इजरायलका पूर्व गुप्तचरद्वारा गाजा युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न आग्रह

खबरडबली संवाददाता

जेरुसेलम । इजरायलको मोसाद गुप्तचर निकायका २५० भन्दा बढी पूर्व अधिकारीले गाजा पट्टीमा जारी युद्ध तत्काल अन्त्य गर्न र त्यहाँ रहेका इजरायली बन्धकहरूको रिहाईका लागि आग्रह गरेका छन् ।

उनीहरूले एक पत्रमा हस्ताक्षर गरी युद्ध अन्त्य र बन्धकको रिहाईका लागि आग्रह गरेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले आइतबार जनाएको छ ।

मोसादका तीन जना पूर्व प्रमुख डानी याटोम, एफ्रेम हालेभी र तामिर पार्डोका साथै उक्त सेवाबाट निवृत्त भएका अन्य दर्जनौं अनुभवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

मोसादका पूर्व सदस्यहरूले पत्रमा भनेका छन्, “निरन्तरको लडाईंले बन्धक र हाम्रा सैनिकको जीवनलाई खतरामा पार्छ र त्यो दुःखको अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि सबै सम्भावनाहरू खोजिनुपर्छ । साहसी निर्णय गर्न र देशको सुरक्षाका लागि जिम्मेवार भएर काम गर्न हामी सरकारलाई आह्वान गर्दछौँ ।”

उनीहरूले आरक्षित वा सेवानिवृत्त सयौँ सैन्य एयर सदस्यहरूको पक्षमा समर्थन व्यक्त गर्दै शत्रुताको अन्त्य र बन्धकहरूको फिर्तीका लागि आह्वान गरेका हुन् ।

बिहीबार एयर क्रूहरूको पत्र प्रकाशित भएपछि इजरायली वायु सेनाका कमान्डर टोमर बारले हस्ताक्षरकर्ताहरूमध्ये सक्रिय रिजर्भिस्टहरूको सेवा समाप्त गर्ने निर्णय गर्नुभएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बर्खास्तीको निर्णयको समर्थन गर्दै हस्ताक्षरकर्ताहरूलाई ‘साना अतिवादी समूह’ को संज्ञा दिनुभएको छ भने उनीहरूले ‘इजरायली समाजलाई भित्रबाट तोड्न’ प्रयास गरिरहेको बताउनुभएको छ ।

आइतबार पनि करिब २०० इजरायली सैन्य चिकित्सकले युद्ध रोक्न र बन्धकहरूलाई घर फर्काउन माग गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेको पत्रको प्रतिलिपि प्रकाशित गर्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

“गाजामा जारी लडाईंको मुख्य उद्देश्य कुनै सुरक्षा उद्देश्य बिना राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नु हो र यसले सैनिक र बन्धकहरूको जीवनलाई खतरामा पार्छ,” विज्ञप्तिमा भनिएको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जनालाई गाजामा बन्धक बनाएको थियो । हाल गाजामा ५९ जना इजरायली बन्धक रहेका छन् र तीमध्ये २४ जना अझै जीवित रहेको अनुमान गरिएको छ ।

इजरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम सम्झौता भएको थियो । तर पहिलो छ हप्ताको वार्ता मार्च १ मा सकिएपछि दोस्रो चरणको वार्तामा गतिरोध उत्पन्न भएको छ । त्यसपछि इजरायलले युद्धविरामको गतिरोधका बिच मार्च १८ मा गाजामा सैन्य कारबाही पुनः सुरु गरेको थि

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending