Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

सुनसरीमा सिरुवा तथा जुडशीतल हर्षोल्लासका साथ मनाइँदै

खबरडबली संवाददाता

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा स्थानीयहरुले नयाँ वर्षसँगै हर्सोल्लासका साथ सिरुवा तथा जुडशीतल पर्व मनाएका छन् । केहीले नयाँ वर्षको पहिलो दिन हर्षोल्लासका साथ सिरुवा मनाएका छन् भने केहीले सिरुवा र जुडशीतल तीन दिनसम्म मनाइन्छ । विसं। २०८२ सालको पहिलो दिन  अर्थात नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ ।

मधेशी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ । पहिलो दिनलाई मधेशी तथा मैथली समुदायले सिरुवा र थारुहरूले जुडशीतल भन्ने गरेका छन् । खासगरी जिल्लाका मधेशी, थारु, आदिवासीहरूमा नयाँ वर्षको अवसरमा सिरुवा पर्व मनाउने प्रचलन छ ।

थारु समुदायले मनाउने सिरुवा (धाम पावन) पर्व पछिल्लो समय अन्य समुदायले समेत मनाउँदै आएका छन् । तर पर्वको व्यापकता र रौनक बढे पनि सिरुवासँग जोडिएका ग्रामथान र सांस्कृतिक पक्ष भने मासिएर जाने अवस्थामा पुगेका छन् ।

ज्येष्ठ सदस्यबाट कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छयापेर जुडशीतल

सुनसरीको सदरमुकाम इनरुवासहित ग्रामीण क्षेत्रमा मधेशी समदायमा नयाँ वर्षको एकाबिहानै ज्येष्ठ सदस्यहरूले घरका कनिष्ठ सदस्यहरूलाई टाउकोमा ९शिर० मा पानी छ्यापेर जुडशीतल मनाएका छन् ।

घरका ज्येष्ठताका अधारमा हजुरबुवा, हजुरआमा, बुवाआमा तथा अग्रज व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता, सलहेस थान, मन्दिरमा र अन्य देवताहरूमा पवित्र जल चढाई अन्य कुटुम्ब तथा आफूभन्दा सानालाई पनि जलले टाउकोमा थपथपाई आशीर्वाद दिने र सानाले ठुलालाई खुट्टामा जल चढाई ढोग्ने गरेका छन् । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई यहाँ नयाँ वर्षका रूपमा मनाइन्छ भने थारु समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् ।

जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गरिन्छ । सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले घर वरिपरि रहेका रुखका जराहरूमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरू सफा गर्ने लगायतका प्रचलन पनि छन् ।

शिरमा पानी छ्याप्नाले वर्षभरी नै आनन्दन, शीतलता र सफलता मिल्ने जनविश्वासका साथ प्रत्येक घरका ज्येष्ठ सदस्यहरूले छोरा, छोरी, बुहारी, नातीनातीनी, भाइ भतिजोसहितका कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर जुडशीतल पर्व मनाएका छन् । स्थानीय पण्डित वासुदेव यादवका अनुसार ज्येष्ठ सदस्यहरूले कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर आर्सीवाद दिँदै सुस्वास्थ्य, दीर्घायु, आरोग्य र समृद्धिको कामनासहित जुडशीतल मनाएका छन् भने कनिष्ठ सदस्यहरूले ज्येष्ठ सदस्यहरुको खुट्टामा ढोग्ने, पानी राख्ने गरेका छन् । यसले सम्बन्धमा समेत प्रगाढता ल्याउने गरेको यादवको भनाइ छ ।

शास्त्री कुञ्जीलाल मेहताले गाउँगाउँमा सिरुवाको अवसरमा ज्येष्ठहरूले कनिष्ठ सदस्यहरूको शिरमा र कनिष्ठ सदस्यहरूले ज्येष्ठ सदस्यहरूको खुट्टामा पानी छ्यापेर जुडशीतल मनाएको जानकारी दिए। ज्येष्ठ सदस्यबाट कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर जुडशीतल भन्दै आफ्नो घरमा बनाएको मिठोमसिनो खानका लागि समेत निम्तो गर्ने र बिहान खाना खुवाउने चलन समेत रहेको छ । पछिल्लो समय एका सगोलमा खाना खाने र खुवाउने गरेको भए पनि विगतको जस्तो गाउँभरिका स्थानीयहरूले एकले अर्काको घरमा गएर ज्येष्ठ सदस्यबाट शिरमा पानी छ्यापेर जुडशीतलको मान राख्न खाने र खुवाउने संस्कार लोपोन्मुख अवस्थामा पुगेको पण्डित बलराम यादवले बताए ।

सिरुवाको धार्मिक तथा सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा

सुनसरीमा सलहेस, डिहबार थान, राजाजी थान सहित थारु समुदायको ग्रामथान, मुसहरहरूको दिनाभद्री थान, खत्वेहरुको सेशराज महराज थानसहितको धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवामा रौनक घट्दो क्रममा रहेको छ । जिल्लामा कतिपय सिरुवासँग जोडिएका सांस्कृतिक पक्ष लोप भएर गएका छन् । दिन दिनै बढ्दो मानवीय अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका वृद्धाहरूले गुनासो गरेका छन् ।

संस्कृति जोगाउँदै वैशाखभरी सिरुवा मेला

चैत महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा ९बाहिर० मनाउने गरेका छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताए ।

सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थाममा वैशाख १ गतेदेखि तीन दिने मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् । उता सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला सरु भएको छ । सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा सलहेस थानमा रमाइलो सांस्कृतिक कार्यक्रमसहित धूमधामका साथ सिरुवा मेला लागेको स्थानीय जुगेश्वर यादवले जानकारी दिए ।

आदिवासी जनजातिहरूमा नयाँ वर्षको उत्सव

उता सुनसरीसहित झापा, मोरङ र उदयपुर लगायतका जिल्लामा बसोबास रहेको राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा पर्व मनाउनमा व्यस्त बनेका छन् । कोशी गाउँपालिका ३ का गुलावी मुखियाका अनुसार वैशाख १ गतेको विधिलाई सतुवाइन भनिन्छ । घरका देवी देवतालाई सातु, सख्खर चढाएर आफू तथा आफ्ना साथीभाइ इष्टमित्रलाई खान दिइन्छ । यसैगरी पानी सिरुवा, काद सिरुवा र रङ्ग सिरुवा गरी विभिन्न विधि पूरा गरी सिरुवा पर्व मनाउने गरिन्छ । जिल्लाको ठाउँठाउँमा पानी सिरुवा मनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending