Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

‘एमालेले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी काम गर्नुपर्दछ’

मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो

विद्यादेवी भण्डारी

काठमाडौं । नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

साथै, नयाँ वर्षको यस आगमनले बितेका दिनका कतिपय असमझदारी, तीक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर विस्मृत तुल्याउन तथा आफ्नो, समाज र सिङ्गो राष्ट्रकै भविष्य सुरक्षित, सुनिश्चित, सुन्दर एवं गतिशील बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिएकी छु ।

हामी सबैलाई ज्ञात भएकै विषय हो कि, नेपाली जनताले इतिहासमा सदियौँसम्म सामन्ती शोषण तथा उत्पीडनको पीडा ब्यहोर्न बाध्य हुनुपरेको थियो । त्यसका अवशेषहरू अझै बाँकी नै छन् । विकास प्रक्रियाको गत्यावरोध तोड्न, अन्याय-अत्याचारको दुष्चक्रबाट मुक्त हुन र स्रोतसाधनले सम्पन्न सुन्दर यस मुलुकलाई विश्वकै समृद्ध एवं प्रतिष्ठित देशको कोटीमा पुर्‍याउने अभियान तीव्र पार्न जनताले अनेकौँ बलिदानीपूर्ण सङ्घर्षसहित अद्वितीय योगदान गर्दै अगाडि बढिरहेको यथार्थ हामी सबैका सामू छर्लङ्ग छ ।

अर्थात्, हामीहरू हाम्रा पूर्वज र अभिभावकको मुलुक समृद्ध बनाउने तथा जोगाउने दृढ सङ्कल्प र वीरताबाट प्रेरणा लिएर देशप्रतिको आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सदा कटिबद्ध रहिआएका छौँ । पुर्खाले आर्जेको हाम्रो प्यारो राष्ट्रको अखण्डतामा आँच आउन नदिन, नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्न र जनताको जीवनस्तर माथि उठाउन गरिएका अनेकौँ प्रयासका क्रममा परिस्थितिले निर्धारण गरेका विभिन्न जिम्मेवारीमा रहेर हामीले भूमिका निर्वाह गरिनै रहेका छौँ । हाम्रा यी घरेलु समस्या समाधानका निम्ति हामीले जनजागरण, दबाब र सङ्घर्षको नीतिमात्र अवलम्बन गरेनौँ, बरु सघन संवाद, सहमति र सहकार्यको लोकतान्त्रिक एवम् सिर्जनात्मक माध्यमसमेत अपनाउँदै आएका छौँ । यस्ता हाम्रा असल प्रयासहरू भविष्यमा समेत कायमै रहनुपर्दछ छ ।

देश र जनताको सामाजिक-आर्थिक उन्नतिका निम्ति हामीले समर्पण गरेको समय, मिहिनेत र प्रयासका बाबजुद सो उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना नै हो । अनि यो असाध्यै दुःखको विषयसमेत हो । स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँसु पारेर अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएका छन् । स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दुःखित र निराश बन्न पुगेका छन् ।

कृषिलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाएर कृषिमा आधारित उद्योगसहित अनेक आधुनिक औद्योगिक प्रतिष्ठानहरू विस्तार गर्न नसक्दा बेरोजगारहरूको ठूलो सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्था छ ।

कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकोँ झमेला र दुःख ब्यहोर्न बाध्य हुनुपरेको छ । यी यावत् समस्या, अवरोध र नकारात्मक प्रवृत्तिले गर्दा हाम्रो मौलिक संस्कृति, पहिचान र धर्मसमेत रक्षात्मक स्थितिमा पुगेको ठानिँदैछ । त्यसैले, विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर नयाँ वर्षको अवसरमा आजकै दिनबाट नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्दछ । स्वाधीन, सवल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरू थप तीव्र बनाउनु पर्दछ ।

राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक-पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन । सामाजिक-आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन । अनेक राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ?

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा आशातीत परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन । यस दिशामा सम्बद्ध सबैको ध्यान जाओस् ।

हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो- जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस् । अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ । यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन । यो देशको सामाजिक-आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्‍याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो ।

बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो । मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ । मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो ।

निजी स्वार्थ, लोभ र महत्वाकांक्षाभन्दा माथि नउठेसम्म जनआकांक्षालाई सम्बोधन गर्ने चेत, इमानदारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो । त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्‍याउनुपर्ने बेला भएको छ । नेपालको राजनीतिक आन्दोलन र सामाजिक-आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ ।

राष्ट्रहितभन्दा महत्वपूर्ण अर्को कुनै विषय हुन सक्दैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी हुँदैन । देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ । अबको हाम्रो समय केबल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ ।

नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ । यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ । नयाँ वर्षको पावन अवसरमा दृढ अठोट र ऊर्जाका साथ नयाँ वर्षलाई देशोपयोगी बनाउने सामथ्र्य हामी सबैमा प्राप्त होस् भन्ने शुभेच्छासहित सबैलाई हार्दिक शुभकामना !

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending