Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८२ सोमबार | 28th April, 2025 Mon
Investment bank

सार्वजनिक बिदामा सेवा प्रवाह गर्दै सरकारी कार्यालय

खबरडबली संवाददाता

 फुङ्लिङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् ।

यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ । 

कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह गर्ने जानकारी गराएको छ । २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्नेजारी सूचनामा उल्लेख गरिएको छ । 

उँभौली पर्व वा चण्डी पूर्णिमासहित विभिन्न १७ वटा सार्वजनिक बिदामा नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । यस्तै, गणतन्त्र दिवस, हरितालिका तिज, घटस्थापना (जमरा राख्ने दिन) र किरात समुदायको उँधौली पर्व वा धान्य पूर्णिमाको सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुनेछ । 

यस्तै, क्रिसमस डे, तमु ल्होसार, पृथ्वीजयन्ती र माघे सङ्क्रान्तिमा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार साथै राष्ट्रि«य प्रजातन्त्र दिवसमा पनि सेवा प्रवाह हुने छ । योसँगै अन्तर्राष्ट्रिय महिला दिवस र इस्लाम धर्मावलम्बीको इद उल फिद्र तथा बकर इदजस्ता सार्वजनिक बिदामा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने छ ।

नेपाल सरकारले प्रकाशित गरेको राजपत्रको भाग ५ अनुसार सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषेश व्यवस्था भएबमोजिम सार्वजनिक बिदाका दिन पनि नियमित सेवा प्रवाह गरिने भएको नापी कार्यालय प्रमुख रंजिता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक बिदाको दिन कार्यालयले प्रवाह गर्ने सेवाले सेवाग्राहीलाई राहत पुग्ने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यालय सञ्चालन गर्न पोखरा महानगरको निर्देशन

कास्की। पोखरा महानगरभित्रका सामुदायिक विद्यालयलाई वैशाख २५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । पोखरा महानगरपालिका शिक्षा शाखाले एक स...

शिक्षक आन्दोलनको दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन: अध्यक्ष ठाकुर

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताउनुभएको छ ।...

सरकारलाई झलनाथ खनालको चेतावनी: तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुन्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शिक्षकका...

गाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई सेवा दिन सक्यौ सकेनौ भन्ने कुरा महत्वपुर्ण छ: प्रचण्ड

गुलरिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका ...

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछ: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२र०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । स...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बिबिसीलाई औपचारिक पत्र

नयाँ दिल्ली। भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्...

सरकारको दुई आर्थिक वर्षको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले पछिल्लो दुई आ...

आज साँझ मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक साँझ साढे ६ बजे बोलाइएको छ । बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्...

पानीको फोहोरा र लाठी प्रहारले दर्जनौँ शिक्षकहरू घाइते भएको घटनाप्रति माओवादीको घोर भत्र्सना

काठमाडौँ। सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्म...

रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु

होलेरी । रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टेलरका सहचालक घोराही उपमहानगरपालिका ११, हापुर दाङ बस्ने व...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending