सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहेको कुसुमलाल साहको पोखरीको छेउमा महिलाको शव फेला परेको हो ।
सुरुङ्गा नगरपालिका ७ निवासी नागेन्द्र रामकी २० वर्षीया छोरी पूजाकुमारी रामको शव घाँस पातले छोपिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घटनास्थललाई सुरक्षित राखेर मधेश प्रदेश प्रहरी कार्यालय केनाइन शाखा लालगढ धनुषाबाट कुकुर समेतको टोली खटी अनुसन्धान कार्य भइरहेको उनले बताए। प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मृत्युको कारण खुल्न सकेको छैन, पोस्टमार्टमको रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: