काठमाडौँ । पाकिस्तानको ८५औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित पाकिस्तानी दूतावासले मङ्गलबार साँझ स्वागत समारोहको आयोजना गर्यो । उपराष्ट्रपति डा। रामसहायप्रसाद यादवले प्रमुख अतिथिको रूपमा कार्यक्रमको उद्घाटन गरेको पाकिस्तानी दूतावासले जनाएको छ ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तान दिवसको ऐतिहासिक महत्त्वलाई जोड दिँदै पाकिस्तान औपनिवेशिक अधीनताबाट मुक्तिदेखि गणतन्त्र निर्माणसम्मको यात्रा चर्चा गरे। उनले पाकिस्तानका पुर्खालाई उच्च श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको साथमा उभिएको स्मरण गरे ।
पाकिस्तान र नेपालले सौहार्दपूर्ण सम्बन्धको लाभ लिएको र सबल भाइचारा निर्माण गरेको उल्लेख गर्नुुहँदै उनले पाकिस्तान र नेपालले भूगोलदेखि सभ्यता सम्बन्धसम्म, हिमालयका चुचुरादेखि समृद्ध सम्पदासम्म र सांस्कृतिक समानताले दुई जनतालाई एकताबद्ध गर्ने अद्वितीय बन्धन निर्माण गरेको उल्लेख गरे ।
राजदूत हाश्मीले शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन, विपद् व्यवस्थापनमा विद्यमान सम्झौता, संयन्त्रहरू र सहकार्यमा निर्माणले आगामी वर्षहरूमा तालमेल र निकट सम्बन्ध ल्याउने विश्वास व्यक्त गरे ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र पूर्व उपप्रधानमन्त्री सीपी मैनालीलगायत नागरिक समाज तथा व्यावसायिक क्षेत्रका नेताहरू, राजदूत, कूटनीतिज्ञ, पाकिस्तानी समुदायको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानमा एक झलक शीर्षकमा पाकिस्तानको विविधता प्रदर्शन गर्ने फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: