टोकियो । अमेरिकी कर वार्ताका लागि जापानी वाणिज्य दूतले राष्ट्रिय हितको रक्षा गर्दै ‘दुबैको हित’ मा परिणाम आउने वार्ताका लागि आफू विश्वस्त रहेको बताए ।
बुधबार वासिङ्टन प्रस्थान गर्नुभन्दा पहिले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले व्यापार वार्ता एकपक्षीय नभई दुबै मुलुकको हितमा हुनुपर्ने बताए । विश्लेषकहरूले रयोसी अकाजावाको भ्रमणको परिणामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग अन्य देशहरूको वार्ताको ढाँचा तय गर्न सक्ने बताएका छन् ।
“मलाई विश्वास छ, हामी विश्वासको सम्बन्ध निर्माण गर्न सक्षम हुनेछौं र राम्रो वार्ता सञ्चालन गर्न सक्षम हुनेछौँ, जसले दुबै पक्षको जीतको म्बन्धलाई नेतृत्व गर्नेछ,” आर्थिक पुनरुत्थान मन्त्री अकाजावाले पत्रकारहरूसँग भने । जापानले वार्ताका लागि चाहना देखाएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता जापानमाथिको २४ प्रतिशतको ‘पारस्परिक’ शुल्क ९० दिनका लागि स्थगित गरेका थिए ।
संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठुलो लगानीकर्ता भए तापनि जापानले अझै पनि आफ्नो कार, स्टील र आल्मुनियमको आयातमा भारी कर लगाएको छ । कार कम्पनी होन्डाले बुधबार आफ्नो हाइब्रिड सिभिक मोडेलको उत्पादन जुन वा जुलाईमा जापानबाट संयुक्त राज्य अमेरिकामा सार्ने बताएको छ ।
होन्डा कम्पनीका प्रवक्ताले भने, “यो निर्णयको पछाडिको तर्क कुनै एउटा मुद्दा होइन् । यो निर्णय कम्पनीको नीतिमा आधारित छ । हामी जहाँ माग छ त्यहाँ कार उत्पादन गर्दछौं ।” यद्यपि, यो गाडीले कम्पनीको वार्षिक उत्पादनको एक सानो हिस्सा मात्र प्रतिनिधित्व गर्दछ । भ्रमणका क्रममा अकाजावाले अर्थमन्त्रीस्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ता गर्नुहुने बताइएको छ ।
विश्लेषकहरुका अनुसार अलास्काबाट अमेरिकी रक्षा सामग्री र प्राकृतिक ग्याँसको खरीद वार्ताको क्रममा टेबलमा प्रस्तु हुनसक्छ । अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेका प्रधानमन्त्री शिगेरु इशिबासँग निकट रहेका अकाजावाले ‘जापानप्रति नरम’ बेसेन्ट र ग्रीरसँगको वार्तामा ‘जापानी राष्ट्रिय हितको रक्षा’ गर्न चाहेको बताए ।
दाइवा इन्स्टिच्युट अफ रिसर्चले ट्रम्पको पारस्परिक करका कारण सन् २०२९ सम्ममा जापानको वास्तविक कुल गार्हस्थ उत्पादनमा १.८ प्रतिशतले गिरावट आउन सक्ने चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरूले दक्षिण कोरिया र अन्य देशहरूसँग पनि वार्ता गर्ने तयारी गरेका छन्, तर एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनेसले जापानसँगको छलफललाई ‘करको कोइला खानीमा सुनोलौ पङ्क्षी’ को संज्ञा दिनुभएको छ ।
उनले एक पत्रिकामा लेखेका छन्, “अन्य राष्ट्रहरूले अमेरिकाको एकपक्षीय घोषणापछि अमेरिकाको एकपक्षीय घोषणापछि सहकार्यमा नभई प्रतिशोधपूर्ण जवाफमा जानसक्ने र मुठभेडबाट मूल्य निर्धारण गर्न थाल्नेछन् । यदि जापानले अपुरो सम्झौता गर्न सफल भए पनि यसका लागि योजना तयार गरिसकेको छ । यसले अहिले नै सम्झौता नभएमा पनि अमेरिकासँग विवादमा आएर नभई वार्तावाट नै निष्कर्ष निकाल्न पहल गर्नेछ ।”
उनले भने, “समस्यामा हात्तीलाई नबिर्सनुहोस् : जापान अझै पनि अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठुलो धारक हो ।” इशिबालगायत उच्च जापानी अधिकारीहरूले टोकियोले जानाजानी अमेरिकी ट्रेजरी बजारमा अस्थिरता सिर्जना गरेको हुन सक्ने दाबीलाई अस्वीकार गर्दै ट्रम्पको पारस्परिक कर रोक्न बाध्य पारेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: