Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जापान अमेरिकासँग ‘आपसी हित’ हुने सम्झौता गर्न चाहन्छ: वाणिज्य दूत

खबरडबली संवाददाता

टोकियो । अमेरिकी कर वार्ताका लागि जापानी वाणिज्य दूतले राष्ट्रिय हितको रक्षा गर्दै ‘दुबैको हित’ मा परिणाम आउने वार्ताका लागि आफू विश्वस्त रहेको बताए । 

बुधबार वासिङ्टन प्रस्थान गर्नुभन्दा पहिले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले व्यापार वार्ता एकपक्षीय नभई दुबै मुलुकको हितमा हुनुपर्ने बताए । विश्लेषकहरूले रयोसी अकाजावाको भ्रमणको परिणामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग अन्य देशहरूको वार्ताको ढाँचा तय गर्न सक्ने बताएका छन् ।

“मलाई विश्वास छ, हामी विश्वासको सम्बन्ध निर्माण गर्न सक्षम हुनेछौं र राम्रो वार्ता सञ्चालन गर्न सक्षम हुनेछौँ, जसले दुबै पक्षको जीतको म्बन्धलाई नेतृत्व गर्नेछ,” आर्थिक पुनरुत्थान मन्त्री अकाजावाले पत्रकारहरूसँग भने । जापानले वार्ताका लागि चाहना देखाएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता जापानमाथिको २४ प्रतिशतको ‘पारस्परिक’ शुल्क ९० दिनका लागि स्थगित गरेका थिए । 

संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठुलो लगानीकर्ता भए तापनि जापानले अझै पनि आफ्नो कार, स्टील र आल्मुनियमको आयातमा भारी कर लगाएको छ । कार कम्पनी होन्डाले बुधबार आफ्नो हाइब्रिड सिभिक मोडेलको उत्पादन जुन वा जुलाईमा जापानबाट संयुक्त राज्य अमेरिकामा सार्ने बताएको छ ।

होन्डा कम्पनीका प्रवक्ताले भने, “यो निर्णयको पछाडिको तर्क कुनै एउटा मुद्दा होइन् । यो निर्णय कम्पनीको नीतिमा आधारित छ । हामी जहाँ माग छ त्यहाँ कार उत्पादन गर्दछौं ।” यद्यपि, यो गाडीले कम्पनीको वार्षिक उत्पादनको एक सानो हिस्सा मात्र प्रतिनिधित्व गर्दछ । भ्रमणका क्रममा अकाजावाले अर्थमन्त्रीस्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ता गर्नुहुने बताइएको छ ।

विश्लेषकहरुका अनुसार अलास्काबाट अमेरिकी रक्षा सामग्री र प्राकृतिक ग्याँसको खरीद वार्ताको क्रममा टेबलमा प्रस्तु हुनसक्छ । अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेका प्रधानमन्त्री शिगेरु इशिबासँग निकट रहेका अकाजावाले  ‘जापानप्रति नरम’ बेसेन्ट र ग्रीरसँगको वार्तामा ‘जापानी राष्ट्रिय हितको रक्षा’ गर्न चाहेको बताए । 

दाइवा इन्स्टिच्युट अफ रिसर्चले ट्रम्पको पारस्परिक करका कारण सन् २०२९ सम्ममा जापानको वास्तविक कुल गार्हस्थ उत्पादनमा १.८ प्रतिशतले गिरावट आउन सक्ने चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरूले दक्षिण कोरिया र अन्य देशहरूसँग पनि वार्ता गर्ने तयारी गरेका छन्, तर एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनेसले जापानसँगको छलफललाई ‘करको कोइला खानीमा सुनोलौ पङ्क्षी’ को संज्ञा दिनुभएको छ ।

उनले एक पत्रिकामा लेखेका छन्, “अन्य राष्ट्रहरूले अमेरिकाको एकपक्षीय घोषणापछि अमेरिकाको एकपक्षीय घोषणापछि सहकार्यमा नभई प्रतिशोधपूर्ण जवाफमा जानसक्ने र मुठभेडबाट मूल्य निर्धारण गर्न थाल्नेछन् । यदि जापानले अपुरो सम्झौता गर्न सफल भए पनि यसका लागि योजना तयार गरिसकेको छ । यसले अहिले नै सम्झौता नभएमा पनि अमेरिकासँग विवादमा आएर नभई वार्तावाट नै निष्कर्ष निकाल्न पहल गर्नेछ ।”

उनले भने, “समस्यामा हात्तीलाई नबिर्सनुहोस् : जापान अझै पनि अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठुलो धारक हो ।” इशिबालगायत उच्च जापानी अधिकारीहरूले टोकियोले जानाजानी अमेरिकी ट्रेजरी बजारमा अस्थिरता सिर्जना गरेको हुन सक्ने दाबीलाई अस्वीकार गर्दै ट्रम्पको पारस्परिक कर रोक्न बाध्य पारेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending