जुम्ला । तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब ९ सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी करिब ९ सय पर्यटन भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष अमर वहादुर रोकायाले जानकारी दिए ।
हालसम्म ३ सय आन्तरिक पर्यटक गिडिदहमा पुगि सकेको बताउँदै उनले २०८२ मा उक्त संख्यालाई तीन गुनाले वृद्धि गरिने जानकारी गराए । पर्यटकलाई गिडिदहसम्म पुर्याउने वातावरण बनाउन भ्रमण वर्षको घोषणा गरिएको उनको भनाइ छ ।
वडाध्यक्ष रोकायाले गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि पदमार्ग, पुल र धर्मशाला लगायतका भौतिक संरचना निर्माण गरिने बताए । गिडिदहलमा ५० जना अट्ने क्षमताको धर्मशाला निर्माण भइसकेको बताउँदै वडाध्यक्ष रोकायाले फुलचउल्यामा अर्को धर्मशाला निर्माण गरिने छ ।
फुलचउल्यादेखि गिडिदहसम्मको छोटो पदमार्ग निर्माणको काम अघि बढेको वडाध्यक्ष रोकायाको भनाइ छ । पर्यटकको सहजताको लागि गिडिदह खोलामा झुलुङ्गे पुल निर्माण हुने उनले जानकारी गराउन गराए । वडाध्यक्ष रोकायाका अनुसार आउने भदौमा गिडिदहमा प्रर्यावरणीय सम्मेलन हुने बताए । हाँकु त्रिवेणीदेखि फुलचउल्या सम्मको १३ किलोमिटर बाटोको डिपिआर भइसकेको उनकाे भनाइ छ ।
गिडिदहको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा १ करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको उनको भनाइ छ । पदमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङ्कनको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
गिडिदह भ्रमण वर्ष घोषणा कार्यक्रममा पुग्नु भएका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले जुम्ला पर्यटन र फलफूल उत्पादनमा बलियो सम्भावना भएको बताए । जिल्लाका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सबै स्थानीय तह एकजुट भएर लाग्न उनले सुझाव दिए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गिडिदह कर्णाली प्रदेशको तेस्रो गहिरो तालमा मापन भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - २०:५७
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...
बैशाख २० गते, २०८२ - २०:५४
काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...
बैशाख २० गते, २०८२ - २०:५०
सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...
बैशाख २० गते, २०८२ - २०:४६
पाकिस्तान । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सी...
बैशाख २० गते, २०८२ - २०:४०
बाजुरा । बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार नगरपालिका–८ गोठीस्थित गोरख बोहराको घरमा विद्युत सट भइ तीन तले घर जले...
बैशाख २० गते, २०८२ - २०:२३
काठमाडौं । नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञ...
बैशाख २० गते, २०८२ - २०:१९
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशास...
बैशाख २० गते, २०८२ - २०:१३
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताएका छन् । एआई कार्यशालामा स...
बैशाख २० गते, २०८२ - २०:०१
यही हुन् बैठकका निर्णयहरू
बैशाख २० गते, २०८२ - १९:१५
भोजपुर । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले...
प्रतिकृया लेख्नुहोस्: