किएभ । युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किएभ र वासिङ्टनबिच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुत गतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की बिचको टेलिभिजन झडपले सम्झौतालाई अन्योलमा नपारेसम्म युक्रेन र संयुक्त राज्य अमेरिकाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण खनिजहरू निकाल्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए ।
“वार्ताहरू धेरै छिटो अगाडि बढिरहेका छन्”, वार्तासँग नजिक रहेका अधिकारीले किएभमा एएफपीलाई बताए । ट्रम्पले उनका पूर्ववर्ती जो बाइडेनले युक्रेनलाई दिएको सहयोगको क्षतिपूर्तिका रूपमा यो सम्झौता चाहनुभएको छ । सम्झौताले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोत र दुर्लभ खनिजहरूको नाफामा रोयल्टी भुक्तानी दिनेछ ।
सम्झौताको नयाँ मस्यौदाले अमेरिकी सहयोगलाई युक्रेनको ऋणका रूपमा मान्यता नदिएको देखिएको स्रोतले एएफपीलाई बतायो । त्यो मूल्याङ्कनले ब्लुमबर्ग न्यूजको अघिल्लो रिपोर्टको प्रतिध्वनि गरेको थियो । ब्लुमबर्गले वासिङ्टनले सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेदेखि किएभले सहयोग फिर्ता गर्नुपर्ने मागलाई सहज बनाएको रिपोर्ट गरेको थियो ।
अर्जेन्टिनामा रहेका अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार ‘यस हप्ता’ चाँडै सम्झौतामा हस्ताक्षर हुनसक्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: