Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

भ्रष्टाचार बढ्दै जानु, सुशासन कायम नहुनाले जनतामा निराशा: अध्यक्ष यादव

खबरडबली संवाददाता

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विकासको लहर हुनुपर्नेमा भ्रष्टाचार बढ्दै गएको आरोप लगाएका छन् । 

उनले हाम्रो पार्टीको समर्थन समेत रहे रोजगारी सिर्जना नहुनु, भ्रष्टाचार बढ्दै जानु, सुशासन कायम गर्न नसक्नाले जनतामा निराशा बढ्दै गएको बताउँदै सरकार असफल हुँदै गएको आरोप लगाए । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथीको रूपमा बाेल्दै उनले देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको बताउँदै  सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

सरकारलाई हाम्रो पार्टीले सुशासन कायम गर्न, भ्रष्टाचार रोक्न, संविधान संशोधन गर्न लगायतका म्यान्डेडसहित समर्थन गरेपनि कुनै पनि बुँदा पुरा नभएको बताउँदै सरकार मधेशसँगको विभेद कायमै राखेको आरोप लगाए । 

उनले मधेशको जनसङ्ख्या ५४ प्रतिशत रहे पनि सरकारले १२ प्रतिशत बजेट दिएर भिख दिए जस्तो गरेको बताउँदै  अन्तर्राष्ट्रिय जगतले समेत देशको अवस्था हेर्दै सहयोग कटौती गरिरहेको बताए । सुशासन कायम नहुँदा र भ्रष्टाचार बढ्दै गएको कारणले अन्तर्राष्ट्रिय जगतले समेत दिँदै आएको विकास रकम तथा अनुदान कटौती गर्दै आएको बताउँदै उनले नेतृत्व वर्ग राम्रो भयो भने मात्रै देशमा सुशासन कायम गर्न सकिने बताए । 

पार्टीलाई एउटा गाडीको संज्ञा दिदैँ उनले कुशल चालक मात्रै नभई पार्टपुर्जा (पार्टीका पदाधिकारी) समेत दुरुस्त भए लक्ष्यमा पुग्न सकिने भएकोले पार्टीलाई एक ढिक्का बनाएर लग्न सबैमा आग्रह गरे । पार्टीका जिल्ला अध्यक्ष रामप्रगास यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय पदाधिकारी तथा विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना मन्तव्य राखे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...

किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...

सिराहाको गोलबजारमा दुई थान भरुवा बन्दुक फेला

सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...

भारतसँग तनाव बढ्दै जाँदा खाद्यान्न भण्डारण गर्न पाकिस्तानी काश्मीरको आदेश

पाकिस्तान । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सी...

बाजुराको एक घरमा आगलागी, लाखौंको क्षति

बाजुरा । बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार नगरपालिका–८ गोठीस्थित गोरख बोहराको घरमा विद्युत सट भइ तीन तले घर जले...

आवासीय चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ ।  संघले शनिबार विज्ञ...

‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशास...

एआईको चेतनाका लागि काम गर्छौ : मन्त्री खड्का

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताएका छन् ।  एआई कार्यशालामा स...

सरकारी नियुक्तिमा एमालेले एकलौटी गरेकाे कांग्रेसकाे ठहर

यही हुन् बैठकका निर्णयहरू

भाेजपुर गाेल्डकपकाे उपाधी एपिएफलाई

भोजपुर । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending