Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

खबरडबली संवाददाता

काठमाडौं । वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ । विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो ।

वायुप्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुमगन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए । “लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ । जबकि साता  दिनअघि ३७० एक्युआइ नाघेको थियो”, उनले भने, “वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्छ । नियन्त्रणका लागि हामी प्रदूषणको अवस्था उच्च हुँदामात्रै होइन बाह्रै महिना प्रयासरत रहनेछौँ ।”

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...

किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...

सिराहाको गोलबजारमा दुई थान भरुवा बन्दुक फेला

सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...

भारतसँग तनाव बढ्दै जाँदा खाद्यान्न भण्डारण गर्न पाकिस्तानी काश्मीरको आदेश

पाकिस्तान । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सी...

बाजुराको एक घरमा आगलागी, लाखौंको क्षति

बाजुरा । बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार नगरपालिका–८ गोठीस्थित गोरख बोहराको घरमा विद्युत सट भइ तीन तले घर जले...

आवासीय चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ ।  संघले शनिबार विज्ञ...

‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशास...

एआईको चेतनाका लागि काम गर्छौ : मन्त्री खड्का

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताएका छन् ।  एआई कार्यशालामा स...

सरकारी नियुक्तिमा एमालेले एकलौटी गरेकाे कांग्रेसकाे ठहर

यही हुन् बैठकका निर्णयहरू

भाेजपुर गाेल्डकपकाे उपाधी एपिएफलाई

भोजपुर । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप उपाधि विभागिय टिम एपिएफले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending