पर्सा । वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्रामा दुई समुदायबिच भएको झडपमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको कसुरमा पक्राउ परेका पाँच जनामाथि राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार झडप भएको क्षेत्रको सिसिटिभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो सामग्री र प्रमाणका आधारमा हालसम्म पाँच जनालाई नियन्त्रणमा लिई तीन जनामाथि राज्यविरुद्धको कसुर र दुई जनालाई आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पक्राउ परेका शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, शकिल मियाँ, रवि सर्राफ र बलजित सिंह रहेको जानकारी दिए । पक्राउ परेका पाँचै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।
गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्रा वीरगन्ज–२ छपकैयामा पुगेपछि दुुई फरक धार्मिक समुदायका बिच झडप हुुनुका साथै त्यहाँको पसल, सवारी, साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - ०९:५२
मुम्बई । भारतको प्रख्यात ‘उल्लु एप’ को रियालिटी शो ‘हाउस अरेस्ट’ को एक भिडियोले इन्टरनेटमा निकै हंगामा मच्चाइरहेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोग...
बैशाख २० गते, २०८२ - ०८:२०
चितवन । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उनले म...
बैशाख २० गते, २०८२ - ०८:११
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक...
बैशाख २० गते, २०८२ - ०८:०६
बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा ...
बैशाख २० गते, २०८२ - ०७:५७
दर्जनभन्दा बढी नयाँ संस्थान तथा निकाय थपिने
बैशाख १८ गते, २०८२ - २०:४०
मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...
बैशाख १८ गते, २०८२ - २०:३५
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...
बैशाख १८ गते, २०८२ - २०:२९
काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...
बैशाख १८ गते, २०८२ - २०:२३
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...
बैशाख १८ गते, २०८२ - १९:००
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र ...
प्रतिकृया लेख्नुहोस्: