Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

अन्तर्राष्ट्रिय संस्थाको धारणाप्रति कानुनमन्त्री गौतमको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि प्रहार भयो’

खबरडबली संवाददाता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले जारी गरेको धारणाप्रति आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले तीन अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको वक्तव्यले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको दाबी गरिन्।

उनले न्यायाधीशमाथि महाअभियोग लगाउन खोजिएको भन्ने दाबीलाई ‘कपोलकल्पित’ भन्दै त्यसको प्रमाण पेस गर्न सम्बन्धित संस्थाहरूलाई चुनौती दिइन्। “न्यायाधीशमाथि महाअभियोग लगाउन खोजिएको भन्ने विषयमा ती संस्थासँग सरकारले प्रमाण माग्नुपर्छ,” उनले भनिन्।

मन्त्री गौतमले नेपालका आन्तरिक विषयमा अन्तर्राष्ट्रिय संस्थाहरूले सरकारसँग कुनै समन्वय नगरी धारणा सार्वजनिक गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले यस्ता वक्तव्यले नागरिकमा भ्रम सिर्जना गरेको र नेपालमा काम गर्ने संस्थाहरूले समाजमा अविश्वास बढाउने काम गर्न नहुने बताइन्।

न्यायपालिकाको स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री गौतमले राज्यका विभिन्न अंगबीच फरक धारणा हुनु लोकतान्त्रिक अभ्यास भएको बताइन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको बहसलाई न्यायपालिकामाथिको हस्तक्षेपका रूपमा बुझ्न नमिल्ने उनको तर्क थियो।

“सरकारले न्यायपालिकालाई कुनै दबाब दिएको छैन, यो केवल भ्रम हो,” उनले भनिन्।

आफूहरू जनताबाट निर्वाचित प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री गौतमले न्यायपालिकाको सुधार सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले जनताबाट प्राप्त जिम्मेवारीअनुसार न्याय क्षेत्र सुधारका विषयमा गम्भीर भएर काम गर्नुपर्ने धारणा राखिन्।

यसअघि केही अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपालको न्यायपालिका तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा चासो व्यक्त गर्दै सार्वजनिक धारणा जारी गरेका थिए। त्यसै विषयमा मन्त्री गौतमले संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेकी हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending