बर्दिया । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका बेला बर्दियाका सामुदायिक विद्यालयहरू भने सुनसान छन् । शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेपछि आन्दोलनमा सहभागी हुन भन्दै शिक्षकहरू काठमाडौँ तर्फ लागेपछि बर्दियाका सामुदायिक विद्यालय सुनसान भएका छन् भने एसइई परीक्षाका उत्तर पुस्तिका समेत परीक्षण हुन सकेको छैन् ।
चैत मसान्तसम्ममा परीक्षाफल प्रकाशित हुनु पर्ने भए पनि शिक्षक आन्दोलनका कारण कतिपय विद्यालयमा परीक्षाफल प्रकाशित हुन सकेको छैन । विद्यालय भर्ना अभियानसँगै एसइईको उत्तर पुस्तिका समेत परीक्षण हुन सकेको छैन । स्थानीयतहले चैत महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र चैत १५ गतेभित्र भर्ना अभियान गर्नुपर्ने, विद्यालयको वार्षिक कार्ययोजना निर्माण गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि यस वर्ष विद्यालयका सम्पूर्ण कामहरू प्रभावित हुन पुगेको छ ।
शिक्षक आन्दोलनका कारण बर्दियामा दुई सय ७४ विद्यालयमा अध्यनरत एक लाख १९ हजार बालबालिकाको भविष्य अन्याेलमा परेको छ भने एसइई परीक्षको सात हजार उत्तर पुस्तिका परीक्षण हुन नसकेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले बताए ।
शिक्षक आन्दोलनका कारण शिक्षा क्षेत्रमा असर परेको बताउँदै अभियानदेखि एसइईको उत्तर पुस्तिका परीक्षणमा समेत समस्या आएको खत्रीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - ०९:५२
मुम्बई । भारतको प्रख्यात ‘उल्लु एप’ को रियालिटी शो ‘हाउस अरेस्ट’ को एक भिडियोले इन्टरनेटमा निकै हंगामा मच्चाइरहेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोग...
बैशाख २० गते, २०८२ - ०८:२०
चितवन । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उनले म...
बैशाख २० गते, २०८२ - ०८:११
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक...
बैशाख २० गते, २०८२ - ०८:०६
बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा ...
बैशाख २० गते, २०८२ - ०७:५७
दर्जनभन्दा बढी नयाँ संस्थान तथा निकाय थपिने
बैशाख १८ गते, २०८२ - २०:४०
मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...
बैशाख १८ गते, २०८२ - २०:३५
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...
बैशाख १८ गते, २०८२ - २०:२९
काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...
बैशाख १८ गते, २०८२ - २०:२३
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...
बैशाख १८ गते, २०८२ - १९:००
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र ...
प्रतिकृया लेख्नुहोस्: