Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

म्यानमारमा पाँच हजार कैदीलाई आममाफी

खबरडबली संवाददाता

याङ्गुन । म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाहा गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ ।

सन् २०२१ मा म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाईभन्दा बढी समर्थन प्राप्त आङ् साङ सूचीको नेसनल लिग फर डेमोक्र्यासी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिई सेनाप्रति वफादार व्यक्तिलाई सरकार प्रमुख बनाएको थियो । 

सेनाको ‘कू’ पछि लोकतान्त्रिक अभ्यासमाथि अङ्कुश लगाउँदै भएको दलविरोधी अभियानले देशलाई बहुपक्षीय गृहयुद्धमा फसाएपछि जुन्टाले हजारौँ प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरेको नागरिक अधिकारवादी समूहहरूले बताएका छन् । 

म्यानमारमा राष्ट्रिय पर्व वा बौद्ध धर्मसम्बन्धी चाडहरूको अवसरमा आममाफी दिने प्रचलन रहेको छ । आनीबानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आममाफीको घोषणा गरिन्छ । सरकारले अपदस्थ नागरिक नेतृ आङ सान सुचीसहित अधिकांश उच्च–ओहोदाका राजनीतिक कैदीहरूलाई अझै पनि हिरासतमा राखेको छ ।

जुन्टाले जारी गरेको वक्तव्यमा चार हजार ८९३ जना कैदीलाई राज्य निर्माण प्रक्रियामा सहभागी हुन, जनताको मानसिक शान्तिका लागि र अनुकम्पाका आधारमा माफी दिइने उल्लेख छ । ‘राज्यको तर्फबाट माफी व्यक्त गर्न’ जुन्टाले गम्भीर अपराध गर्नेहरू बाहेक अन्य कैदीहरूको सजाय छ भागको एक भाग घटाइ छुटका लागि योग्य कैदीलाई आममाफी दिइने बताएको छ ।

स्थानीय समयअनुसार बिहान ११ः३० बजे याङ्गुनको इन्सेन जेलको गेटबाट करिब ३० वटा बस बाहिरिएका एएफपी म्यान्मा प्रतिनिधिले जनाएका छन् । बसमा सवार सयौँमध्ये केही ढोकाबाहिर ओर्लिए र आफ्ना प्रियजनको नाम लेखिएको प्लेकार्ड बोकेका आँसुले भरिएका परिवारहरूसँग पुनर्मिलन गरे ।

जुन्टाले १३ जना विदेशी नागरिकलाई पनि उनीहरूको पहिचान वा अपराधको विवरण नदिई माफी दिने र देश निकाला गरिने बताएको छ । यस वर्ष १० देश सम्मिलित आसियान समूहको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्न बैङ्कक जाने क्रममा जुन्ता प्रमुख मिन आङ ह्लाइङले आममाफीको घोषणा गरेका हुन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले विगतमा शान्ति योजनामा प्रगति नभएको भन्दै जुन्टाका अधिकारीहरूलाई शिखर सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाएको थियो । तर अनवरले गत महिना गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि म्यानमार पठाइएको मलेसियाली मानवीय सहायता टोलीको सुरक्षाका विषयमा छलफल गर्न बिहीबार मिन आङ ह्लाइङलाई भेट्ने बताए । जुन्टाले उक्त बैठकको पुष्टि गरेको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE