काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्व टोलीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले मान्यता प्रदान गरेको छ ।
आईओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई औपचारिक आधिकारिकता दिएको उल्लेख गरेको हो । गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।
आईओसीका एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ का निर्देशक समेत रहेका जेम्स म्याक्लोडद्वारा हस्ताक्षरित पत्रमा नवनिर्वाचित एनओसी नेतृत्वलाई समावेशी र एकतावद्ध रूपमा सबै सदस्यहरूसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरूसँग ओलम्पिक चार्टरअनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनर्स्थापित गर्न आग्रह पनि गरिएको छ ।
यसअघि एनओसीको निर्वाचनलाई नेपाल सरकारले अवैधानिक ठहर गरेको थियो । निर्वाचनबाट अध्यक्षमा निर्वाचित एनओसी अध्यक्ष जीवनरामलाई कुवेतस्थित अध्यागमन विभागले हालै डिपोर्ट समेत गर्ने प्रयास गरेको थियो । तर जीवनरामलाई ओलम्पिक कमिटी अफ एसिया (ओसिए) र कुवेत सरकारको पहलमा कुवेतबाट डिपोर्ट हुनबाट रोकिएको थियो ।
नेपाल सरकारले पछिल्लो समय सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको निर्देशनको अवज्ञा गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर निर्वाचन सम्पन्न गरेको भन्दै एनओसी पदाधिकारीलाई कारबाहीस्वरूप अध्यागमन विभागमा पत्र लेख्दै विदेश जान रोक लगाउनसमेत आदेश दिएको छ ।
यस्तै सरकारले सातदोवाटोस्थित एनओसी भवनसहितका सरकारी स्रोत–साधन प्रयोग गर्न नदिने भन्दै गेटमा तालासमेत लगाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: