Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

तनहुँमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

खबरडबली संवाददाता

तनहुँ । तनहुँमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आईतबार सो सङ्ख्यामा खुवाइने भएको प्रादेशिक स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा भिटामिन ‘ए’ खाने ६ महिना देखि पाँच वर्ष मुनि उमेरका २२ हजार चार सय तीन बालबालिका रहेको प्रादेशिक स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्रबाबु अधिकारीले जानकारी दिए । सो कार्यक्रममा १  वर्ष देखि माथि पाँच वर्ष मुनिका  १९ हजार सात सय १४ बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ ।

तनहुँ जिल्लामा रहेका १० वटा पालिकामा दुई सय ३० वटा स्वास्थ्य संस्थामा चार सय ७६ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । छुटेका बालबालिकालाई, प्रत्येक टोलमा पुगेर स्वएम् सेविकाले खुवाउने अधिकारीले जानकारी दिए । 

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशभरि नै लागू गरिएको हो । जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अश्लिलता बढाए पछि ‘उल्लु एप’का सिइयो र होस्ट माथी कारबाही सुरू

मुम्बई । भारतको प्रख्यात ‘उल्लु एप’ को रियालिटी शो ‘हाउस अरेस्ट’ को एक भिडियोले इन्टरनेटमा निकै हंगामा मच्चाइरहेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोग...

पुतली, झ्याउँकिरी, भमरा, खपटेकिरा, कान्छीकिरा, वन झिँगा, पुतलीलगायतका किराजन्य वस्तु लाेप हुँदै

चितवन । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उनले म...

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक...

कुवा पँधेरा छाडेर धारामा आइपुग्दा पानीका मुहान सुक्न थाले

बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा ...

नीति तथा कार्यक्रम: अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

दर्जनभन्दा बढी नयाँ संस्थान तथा निकाय थपिने

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending