नवलपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । मंगलबार दिउँसो मध्यबिन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
उनीहरू दाजुभाइका छोरा हुन् । अन्य पाँचजना साथीसँग नारायणी तथा अरुणखोलाको संगमस्थल उल्टी दोभानमा नयाँ वर्षको अवसर पारेर ड्राइ पिकनिक खान गएका उनीहरु नारायणी नदीमा पौडी खेल्न जाँदा बगाएर बेपत्ता भएका थिए ।
उक्त घटनामा १४ वर्षीय प्रज्वल पौडेलको शव हिजो बुधबार फेला परे थियो भने १५ वर्षीय विजय पौडेलको शव आज बिहीबार फेला परेको नवलपुर प्रहरीले जनाएको छ । आज फेला परेको शव घटनास्थलदेखि ३ किमि पश्चिमतर्फ नारायणी नदीमा फेला परेको हो ।
शव मुचुल्कापश्चात पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा शव खोजीएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - ०९:५२
मुम्बई । भारतको प्रख्यात ‘उल्लु एप’ को रियालिटी शो ‘हाउस अरेस्ट’ को एक भिडियोले इन्टरनेटमा निकै हंगामा मच्चाइरहेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोग...
बैशाख २० गते, २०८२ - ०८:२०
चितवन । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उनले म...
बैशाख २० गते, २०८२ - ०८:११
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक...
बैशाख २० गते, २०८२ - ०८:०६
बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा ...
बैशाख २० गते, २०८२ - ०७:५७
दर्जनभन्दा बढी नयाँ संस्थान तथा निकाय थपिने
बैशाख १८ गते, २०८२ - २०:४०
मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...
बैशाख १८ गते, २०८२ - २०:३५
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...
बैशाख १८ गते, २०८२ - २०:२९
काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...
बैशाख १८ गते, २०८२ - २०:२३
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...
बैशाख १८ गते, २०८२ - १९:००
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र ...
प्रतिकृया लेख्नुहोस्: