काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गरेको डेढ करोड बराबरको सिटामोल र जीवनजल बिक्री हुन नसकेको गुनासो आएको छ ।
पहिलाका वर्षको तुलनामा यो वर्ष कम बिक्री भएकाले दुई महिनादेखि डेढ करोड बराबरको सिटामोल र जीवनजल स्टक रहेको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिए ।
स्टक रहेको सिटामोल र जीवनजल बिक्री वितरण गर्न आफूले पहल गर्दा पनि बिक्री नभएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग मन्त्रालयलाई बिक्री गर्दिन पहल गरिदिन पत्राचार गरेको उनकाे भनाइ छ । उनि भन्छन्, “हाम्रो तर्फबाट बिक्रीवितरणका लागि सक्दो पहल गरेका छौँ । हाम्रो मात्र पहलले नपुगेर उद्योग र स्वास्थ्य मन्त्रालयललाई समन्वय गरिदिन पत्राचार गरेका छौँ ।” मन्त्रालयको तर्फबाट प्रक्रियामा रहेको जवाफ आउने उनको भनाइ छ ।
उनि भन्छन्, “मन्त्रालयले प्रक्रियामा छौँ भन्दै आएको छ । अलि छिटो बिक्री भएमा नयाँ आर्थिक वर्षका लागि औषधी उत्पादन गर्न सहज हुने थियो । आर्थिक वर्ष सकिन लाग्यो अर्को आर्थिक वर्षमा त्यही अनुसार औषधी उत्पादन गर्नुपर्छ ।”
लिमिटेडले यो भन्दा पहिले लिमिटेडले सरकारी निकायसँग सम्झौता (जिटुजी)मार्फत बिक्रेतासँग प्रत्यक्ष सम्पर्क गरेर उत्पादन गरेका उत्पादन बिक्री गर्दै आएको थियो । लिमिटेडले दैनिक तीन लाख ३० हजार ट्याबले उत्पादन गर्दै आएको छ । जीवनजल ४८ हजार उत्पादन गदै आएको छ ।
अघिल्लो आर्थिक वर्षमा सिटामोल र जीवनजल सरकारी र प्राइभेट अस्पतालमा खपत हुँदै आएको थियो । अघिल्लो आर्थिक वर्षमा तीन करोड ट्याबलेट सिटामोल बिक्री भएको थियो । नयाँ आर्थिक वर्षमा उत्पादन बढाउने तयारी गरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा प्रेसर, सुगर, कोलेस्ट्रोल लगायतका दीर्घ रोग विरुद्धका औषधी उत्पादन गर्दै आएका छौँ ।
अहिले लिमिटेडले १२ वटा प्रोडक्ट उत्पादन गदै आएको छ । आगामी आर्थिक वर्षमा २० वटा प्रोडक्ट बनाउने लक्ष्य रहेको उनले सुनाए । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा यस्तो समस्या निम्तिएको बताए ।
औषधी खरिद बिक्री किराना पसलबाट सामान किनेजस्तो नभएको डा. बुढाथोकीले टिप्पणी गरे । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भई कागजात पूरा भएमा लिमिटेडले नै टेन्डर पाउने डा.बुढाथोकीको भनाइ छ ।
मन्त्रालय स्थानीय उद्योगलाई सधै प्रोत्साहन गर्ने डा. बुढाथोकीले जिकिर गरे । उनि भन्छन्, “मन्त्रालयले सधै घरेलु र स्थानीय उद्योगलाई प्रोत्साहन गर्छ । मन्त्रालय विधिमा चल्छ । उहाँको उत्पादन विदेशीको भन्दा सस्तो हुनेमा विश्वस्त छौँ ।सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भएर कागजात पूरा गर्नुभयो भने टेन्डर उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - २०:५१
जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...
जेष्ठ १ गते, २०८२ - २०:४२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...
जेष्ठ १ गते, २०८२ - २०:२९
काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...
जेष्ठ १ गते, २०८२ - २०:२३
पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...
जेष्ठ १ गते, २०८२ - २०:१८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् । नेपाली कांग...
जेष्ठ १ गते, २०८२ - २०:०९
प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...
जेष्ठ १ गते, २०८२ - २०:०५
काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
प्रतिकृया लेख्नुहोस्: