Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८२ शनिबार | 3rd May, 2025 Sat
Investment bank

हेटौंडा अस्पतालको बोर्ड तोडमोड गर्ने ६ जना पक्राउ

खबरडबली संवाददाता

मकवानपुर । हेटौंडा अस्पतालको बोर्ड तोडमोडको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पताको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न ६ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

उक्त घटनामा संलग्न सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

गत चैत ३१ मा हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै उनीहरुले अस्पतालको बोर्ड तोडमोड गरेका थिए । उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्डसमेत टाँसेका थिए । सो घटनालगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै विज्ञप्ती जारी गरेको थियो ।

घटनामा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आदेश गरे पनि उनीहरुलाई प्रहरीले भेटाउन सकेको थिएन । प्रहरीका अनुसार बोर्ड तोडमोड घटनामा संलग्न सबै फरार भएका थिए । प्रहरीले निरन्तर खोजतलाश गर्दा पनि उनीहरुलाई भेटाउन सकेको थिएन । बिहीबार बिहान उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुतली, झ्याउँकिरी, भमरा, खपटेकिरा, कान्छीकिरा, वन झिँगा, पुतलीलगायतका किराजन्य वस्तु लाेप हुँदै

चितवन । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उनले म...

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक...

कुवा पँधेरा छाडेर धारामा आइपुग्दा पानीका मुहान सुक्न थाले

बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा ...

नीति तथा कार्यक्रम: अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

दर्जनभन्दा बढी नयाँ संस्थान तथा निकाय थपिने

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending