नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बिहीबार अपराह्न र शुक्रबार बिहान वर्षा भएपछि दाउन्नेमा बाटो चिप्लो हुँदा यातायातका साधन सहज रूपमा चल्न सकेका छैनन् । जसका कारण घण्टौँ जाममा बस्न यात्रु बाध्य भएका छन् ।
भैरहवाबाट बिहीबार बिहान हिँडेका नवलपुर प्रगतिनगरका दिपक भट्टराईले ११ घण्टा जाममा बसेपछि बल्ल दुम्किवास आइपुगेको बताए । उनले भने,‘दाउन्ने काट्न १० देखि १२ घण्टा लाग्यो, यात्रुहरूको कन्तबिजोक छ ।’ उनले बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताए । बाटो बिस्तारको क्रममा ठाउँठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकैंनै कठिनाइ भएको हो । सयौँ यातायातका साधन र यात्रुहरू बिहीबारदेखि नै जाममा छन् ।
सडक निर्माणका लागि बुधबारदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आइएको छ । तर वर्षाका कारण यो तालिका समेत प्रभावित बनेको छ । बाटो बिग्रँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ । सडक अवरुद्ध भएका कारण सवारी साधनहरू लामो समयदेखि जाममा बस्न बाध्य भएका छन् । जसका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...


प्रतिकृया लेख्नुहोस्: