नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बिहीबार अपराह्न र शुक्रबार बिहान वर्षा भएपछि दाउन्नेमा बाटो चिप्लो हुँदा यातायातका साधन सहज रूपमा चल्न सकेका छैनन् । जसका कारण घण्टौँ जाममा बस्न यात्रु बाध्य भएका छन् ।
भैरहवाबाट बिहीबार बिहान हिँडेका नवलपुर प्रगतिनगरका दिपक भट्टराईले ११ घण्टा जाममा बसेपछि बल्ल दुम्किवास आइपुगेको बताए । उनले भने,‘दाउन्ने काट्न १० देखि १२ घण्टा लाग्यो, यात्रुहरूको कन्तबिजोक छ ।’ उनले बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताए । बाटो बिस्तारको क्रममा ठाउँठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकैंनै कठिनाइ भएको हो । सयौँ यातायातका साधन र यात्रुहरू बिहीबारदेखि नै जाममा छन् ।
सडक निर्माणका लागि बुधबारदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आइएको छ । तर वर्षाका कारण यो तालिका समेत प्रभावित बनेको छ । बाटो बिग्रँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ । सडक अवरुद्ध भएका कारण सवारी साधनहरू लामो समयदेखि जाममा बस्न बाध्य भएका छन् । जसका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८२ - १३:३१
काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा जिल्लाका सरकारी तथा निजी संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।...
मंसिर ३ गते, २०८२ - १३:०६
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्र...
मंसिर ३ गते, २०८२ - १३:०५
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइ...
मंसिर ३ गते, २०८२ - १३:००
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको बताएका छन्। जेनजी आन्दोलनपछिक...
मंसिर ३ गते, २०८२ - १२:५१
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भए...
मंसिर ३ गते, २०८२ - १२:४८
काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ। उनलाई सुरक्षण मुद्रण कोषमा करार सेवामा कम्प्युटर अधिकृतको रूपमा न...
मंसिर ३ गते, २०८२ - १२:४६
विराटनगर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न समूहमाथि ठूलाे कारबाही गर्दै विराटनगरस्थित एक व्यापारीको घर र गोदाममा छापा मारी लाखौँ मूल्य बराबरको अवैध...
मंसिर ३ गते, २०८२ - १२:४१
काठमाडौँ । मुग्लिन–पोखरा सडकखण्डमा मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुनेछ। मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले सार्...
मंसिर ३ गते, २०८२ - ११:५३
काठमाडौं । माइतीघर मण्डलामा आज बिहान चहलपहल सामान्य थियो। सहज गतिमा गुँडीहेका गाडी, हातमा कफी लिएर कफीको सुर्पो तानीरहेका युवाहरू, र छेउको पोलमा बेर...
मंसिर ३ गते, २०८२ - ११:२७
छात्रावास भोजनगृहमा पनि अव्यवस्थित भण्डारण




प्रतिकृया लेख्नुहोस्: