Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

तीन तहको सरकको समन्वय उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो: सहरी विकास मन्त्री

खबरडबली संवाददाता

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले युटिलिटी करिडाेरकाे अवधारणाले विकास निर्माणकाे कामलाई राम्राे गर्ने बताए ।

सडक बने लगत्तै ढल, खाेनपानीकाे पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति राेक्नका लागस पनि युटिलिटी करिडाेरकाे अवधारणामा जानुपर्नेमा सिंहकाे जाेड छ । खासकुरा शहरकाे बिचमा बाटाे बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ, उनले भने, `जसले गर्दा जनतामा बाटाे बनेपनि भत्किहाल्छ भन्ने परेकाे छ । यसलाई राेक्न युटिलिटी करिडाेरमा अब ध्यान दिनैपर्छ ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतर्फ जोड दिइरहेकाे बताए । व्यवस्था बदलियाे अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खाेजिएकाे भन्दै उनले व्यवस्थासँगै जनताकाे अवस्थामा पनि परिवर्तन आएकाे दाबी गरे ।

`राम्राे काम हाेस् भन्ने जनताकाे चाहना छ, त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्याे भन्ने आम जनताकाे चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,´ उनले भने । त्यस्तै उनले संघियताकाे भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणकाे काम गर्ने रहेकाे बताए । जनताले चाहेकाे आयाेजना तीन तहकाे सरकारकाे संयाेजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्ड बनेकाे पनि सिंहले प्रष्ट पारे ।

उनले सडक विस्तारसँगै गतिशिलता बढ्ने र त्यसले आर्थीक गतिविधिवृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending