Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिइएको छ । 

शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँगको सहकार्यमा तालिम दिएको हो । शुक्रबारदेखि महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको महासंघले जनाएको छ । 

महासंघका केन्द्रीय सचिव वीरेन्द्रराज विष्टले दुईदिने तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ८८ पालिकाभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको जानकारी दिए । सचिव विष्टका अनुसार पहिलोपटक प्रदेशभरीकै सामुदायिक विद्यालयका अध्यक्षहरुलाई एकैपटक तालिम दिइएको हो । 

कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयवस्तु व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे । विष्टले महासंघबाट शिक्षा निर्देशनालयलाई आएको आग्रहअनुरुप कार्यक्रमम संचालन गरिएको बताए ।

महासंघका केन्द्रीय अध्यक्ष गुणराज मुक्तानले सार्वजनिक विद्यालयको वृत्ति विकासका लागि अध्यक्षहरुलाई शिक्षा अपरिहार्य रहेको बताए । उनले प्रदेशभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग सरोकारवालाहरुलाई अन्तरकृया गराएर थप विकासमा जोड दिए ।

महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेमसिंह भाटले तालिममा सिकेका विषयवस्तु व्यवहारिक कार्यान्वयन गरे सामुदायिक विद्यालयको उन्नतीमा टेवा पुग्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending