बेल्जियम । एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका विभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दातृ संस्थालाई सम्मान गरिएको हो । सो अवसरमा दातृ संस्थाका पदाधिकारीसँग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभव र स्थलगत कठिनाइका बारेमा अन्तरक्रिया पनि गरिएको छ ।
नेपाल बेल्जियम डे समारोहको बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दीप प्रज्वन गरेर संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लम्सालले नेपाल र बेल्जियमको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन दुई देशका सांस्कृतिक मूल्य मान्यताको सम्मान हुनुपर्छ भने ।
लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी र उपमेयर दिर्क भानसेनाले नेपाली नयाँ वर्षको शुभकामना दिए । मेयर रूद्वानीले नेपाली समुदाय परिश्रम र लगनशीलताको लागि बेल्जियममा एक उदाहरण भएको बताए ।
नेपाली र बेल्जियमका राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा नेपाली बालबालिकाले नेपाली संस्कृति झलकाउने पोशाकसहित लोक सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए ।
कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम, प्रेम गुरुङ, लोक दाहाल र चित्र सुवेदी लुभेन नगपालिका उपप्रमुखहरू बर्थ कोर्नेली , दिर्क भान्सिना लगायत नेपाली दूतावासका अधिकारी र नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: