बेल्जियम । एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका विभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दातृ संस्थालाई सम्मान गरिएको हो । सो अवसरमा दातृ संस्थाका पदाधिकारीसँग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभव र स्थलगत कठिनाइका बारेमा अन्तरक्रिया पनि गरिएको छ ।
नेपाल बेल्जियम डे समारोहको बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दीप प्रज्वन गरेर संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लम्सालले नेपाल र बेल्जियमको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन दुई देशका सांस्कृतिक मूल्य मान्यताको सम्मान हुनुपर्छ भने ।
लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी र उपमेयर दिर्क भानसेनाले नेपाली नयाँ वर्षको शुभकामना दिए । मेयर रूद्वानीले नेपाली समुदाय परिश्रम र लगनशीलताको लागि बेल्जियममा एक उदाहरण भएको बताए ।
नेपाली र बेल्जियमका राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा नेपाली बालबालिकाले नेपाली संस्कृति झलकाउने पोशाकसहित लोक सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए ।
कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम, प्रेम गुरुङ, लोक दाहाल र चित्र सुवेदी लुभेन नगपालिका उपप्रमुखहरू बर्थ कोर्नेली , दिर्क भान्सिना लगायत नेपाली दूतावासका अधिकारी र नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: