Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर

खबरडबली संवाददाता

गण्डकी । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर कोटिहोमका कारण चर्चामा आएको छ ।

मानव सेवा फाउन्डेसनले पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित हरिहर मन्दिरको व्यवस्थापन तथा सञ्चालनका लागि ‘कोष’ खडा गर्ने र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ काटिहोम गर्ने भएपछि अहिले क्षेत्रमा मन्दिरको चर्चापरिचर्चाले प्राथमिकता पाएको हो ।

कोटीहोम गर्ने स्थानका सम्बन्धमा सुरुमा विवाद भएपछि पोखरा महानगरपालिकाले गठन गरेको पाँच सदस्यीय समितिको सुझावबमोजिम विरौटामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम हुने भएको हो । सो कोटिहोममा धार्मिक सङ्घसंस्था, व्यक्ति तथा स्थानीय जनताको मात्र नभई स्वदेश तथा विदेशका मानिस समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिने भएकाले हरिहर मन्दिर परिचित हुने र मन्दिरको कोष खडा भएपछि सञ्चालन तथा व्यवस्थापनमा सहज हुने धाराणा आयोजकबाट आएको छ ।

किंवदन्तीअनुसार तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको दिव्यवाणी भएपछि खोज्दै जाँदा काफ्ली गाईले दूध चढाइरहेको शिला भेटिएपछि सोही स्थानमा मन्दिर स्थापना गरी नित्य पूजाआजा सञ्चालन गर्न थालिएको हो । 

स्थापनाकालको मन्दिर जीर्ण भएपछि मौलिक स्वरुपमा परिवर्तन नहुने गरी मर्मतसम्भार गरिएको र अहिले दर्शन तथा पूजाआजाका लागि भक्तजन आउने गरे पनि मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र शर्मा भण्डारीले जानकारी दिए ।

मन्दिर निर्माण भई नित्यरुपमा पूजाआजासहित सञ्चालनका लागि पोखरा महानगरपालिका–१७ पार्दी–विरौटामा २९ रोपनी १२ आना जग्गा गुठीअन्तर्गत रहेको १८६४ सालको लालमोहरले पुष्टि गरेको छ । तर राजगुठीका नाममा दर्ता भएको सो जग्गा भूमाफियाको चलखेलबाट बचाउन आफूहरू सफल भएको अध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे सङ्क्राान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्रि, रामनवमीलगायतका विभिन्न पर्वका अवसरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा निर्माण भएको १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धाराले सो स्थानको आकर्षण बढाएको छ ।

“लामो समयसम्मको स्थानीयको अथक प्रयासका कारण भूमाफियाको अधिकारबाट खोसेर जग्गा मन्दिरको नाममा ल्याउन सफल भइएको छ”, अध्यक्ष भण्डारीले भने, “त्यही जग्गामा अहिले हरिहरको शक्तिले कोटिहोम हुन गइरहेका कारण यस तीर्थस्थल विश्वसामु परिचित हुने विश्वास छ । त्यसमा सबैको साथ–सहयोगको अपेक्षा गरेका छौँ ।” 

सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकालादेवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वरलगायतका देवदेवीको बासस्थान रहेको सो स्थानमा हुन लागेको कोटिहोममा स्वदेश तथा विदेशबाट आउने गुरु, सन्त–महन्थ, महात्मा, वाचकलगायत सम्पूर्ण भक्तजन आउने र त्यसले प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

सेतीनदीमाथि प्राकृतिक पुल ढुङ्गेसाँघु सोही क्षेत्रमा रहेको छ । हरिहरको शक्तिको कारण ढुङ्गा र माटोबाट निर्मित पुलले मानव निर्मित यातायातका साधनलाई समेत आवतजावतमा सुविधा पुगेको छ । पोखराको लेक साइडस्थित बाराहीघाटमा हुने कोटिहोम विवाद भएपछि पाँच सदस्यीय सुझाव समितिसहित सर्वपक्षीय भेलाको सिफारिसमा विरौटामा यही वैशाख १६ देखि जेठ २६ गतेसम्म कोटिहोम सञ्चालन हुन लागको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा झिल्का सल्केर घरमा आगलागी

मकवानपुर । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हु...

भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा...

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडाैं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । क...

कटारीमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन...

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् ।  त्यसमा एक हजार १६० महिला र ...

प्रकृति र वन्यजन्तु संरक्षणमा सेनाको ५० वर्ष

चितवन । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तु...

बेखवर श्रमिक दिवसबारे ‘श्रमिक’

काठमाडौँ । काठमाडौँ–दाङ बागमती प्रदेश–००३–००१ख२८३४ नम्बरको बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई बिहीबार मजदुर दिव...

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी ...

भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा एपिएफ

भोजपुर । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प...

ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending