महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् ।
बर्दिबास–५ का ६८ र बर्दिबास २ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो । बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग रहेकी छन् । आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउँदा खुसी लागेको उनले बताइन् । ‘यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो । आज मैले पाएँ’, आलेले भनिन्, ‘अबचाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो ।’ श्रीमान कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा उनको सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उनको भनाइ छ ।
बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी रहेकी छन् । स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताइन् । जग्गाधनी प्रमाणपुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन् ।
घरजग्गाको लालपुर्जा पाएसँगै आफूपनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताए । हातखुट्टा पक्षघातले सुकाएर हिड्डुलमा समस्या भोग्दै आएका उनले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिए । आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उनको भनाइ छ । आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताए ।
जिल्ला नापी कार्यालयले बर्दिबास–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख क्षत्रीले उल्लेख गरे । पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।
‘हामीले सम्बन्धित वडाध्यक्षको रोहबरमा जग्गा नापजाँच गरी प्रमाणपुर्जा बनाएका हौँ’, नापी कार्यालय प्रमुख सिंहले भने, ‘जिल्लाभरि गाउँका घरबासी जग्गाका जग्गाधनी प्रमाणपुर्जा क्रमशः वितरण गर्दै आइएका छौँ, यो क्रम जारी रहन्छ ।’ उनका अनुसार ती वितरण भएका जग्गाधनी प्रमाणपुर्जा सबै घरबास जग्गा हुन् ।
जिल्लाका सबै स्थानीयतहका वडा तथा बस्तीमा क्रमशः बसोबासका आधार र जग्गा भोगचलनका आधारमा घरजग्गाको नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिरहेको प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार वितरण गरिएका प्रमाणपुर्जा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मका रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: