Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

गणतन्त्रलाई संस्थागत गर्न राससको महत्त्वपूर्ण भूमिका: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छन् ।

ललितपुरको खुमलटारस्थित निवासमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकास निर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताए।

अध्यक्ष प्रचण्डले राससले पछिल्लो समयमा गणतन्त्रलाई सहयोग पुग्ने महत्त्वपूर्ण काम गरेको र त्यसको उदाहरणका रुपमा यो फोटो पुस्तकलाई लिन सकिने धारणा राखे। “गणतन्त्र स्थापनापछिको १६ वर्षको यस अवधिमा मुलुकको सभ्यता र संस्कृतिलाई जोड्ने र एक ठाउँमा ल्याउने सन्दर्भमा भएरगरेका गतिविधिलाई पुस्तकमा समेटिएको छ । विकास निर्माणलगायत पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई जनमानसमा पुर्‍याई उनीहरूलाई बुझाउने काम पनि राससले गरेको छ । गणतन्त्रमा केही भएको छैन भन्ने कुरालाई पुस्तकले खण्डन गर्दछ ।”

समावेशी र सङ्घीय अवधारणा रासस अगाडि बढ्न खोज्नु सुखद पक्ष हो भन्दै उनले आफ्ना सेवालाई विशिष्टीकृत र विविधीकरण गरेकामा संस्थालाई धन्यवाद दिए। “मेरो नेतृत्वको सरकार रहँदादेखि नै राससलाई चिनिरहेको छु र पछिल्लो समय राम्रो काम गरिरहेको पाएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भने, “राससले व्यावसायिकता निर्वाह गर्ने प्रयत्न गरेको छ । सबैलाई समेट्ने जमर्को गरेको छ । नेपालमा मिडिया पुन:संरचनाको कुरा बेलाबखतमा उठिरहेकै हो, त्यसै सन्दर्भमा राससले पछिल्ला दिनमा आफ्ना केही नयाँ सेवा पनि सुरुआत गरेको छ । मातृभाषामा समाचार सेवा थप गर्नाका साथै २४ घण्टे सेवा सञ्चालन गरिरहेको छ । जुन महत्वपूर्ण कुरा हो ।”

अध्यक्ष प्रचण्डले फोटो पुस्तक देश चिनाउन विदेशी पाहुनालाई दिन उपयुक्त हुने भन्दै यसको बढीभन्दा बढी पुस्तक प्रकाशन गर्ने व्यवस्था मिलाउन राससलाई आग्रह गरे ।

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले फोटो पुस्तकले गणतन्त्रको संस्थागत विकासका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले फोटो पुस्तक तयारी तथा छपाइ प्रक्रिया र समेटिएका विषयवस्तुबारे जानकारी गराए । यसैगरी कार्यकारी अध्यक्ष झाले राससको काम कारबाहीका बारेमा पनि अध्यक्ष दाहाललाई जानकारी गराएको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE