काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई तुरुन्त वार्तामा आएर सहमति गर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एमालेनिकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्तामा आएर आफ्नो काममा फर्कन निर्देशन दिएका हुन् ।
उनले शिक्षकहरूलाई विद्यालय फर्किएर नयाँ भर्ना लिएर अगाडि बढ्न सुझावसमेत दिएका छन्। 'उहाँहरू किन सडकमा आइरहनुपर्यो रु अब आइसक्नुभयो, कुराकानी अविलम्ब गर्नुस्, कुरा टुङ्ग्याएर फर्किनुस्, बालबालिकाका नयाँ भर्ना लिनुस् र अगाडि बढ्नुस्। मेरोचाहिँ आग्रह छ। मैले धेरै कुरा भनिनँ,' उनले भने। 'आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्। औपचारिक वार्ता नै गर्नुहुन्न भने त त्यो अनौठो नै भयो। आन्दोलन गर्ने तर, वार्ता नगर्ने भन्ने हुन्न। वार्तामा आउनुस्, फर्किएर काममा जानुस्,' उनले भनेका छन्।
उनले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै नभएको बताए। 'उता ५२ प्रतिशत बालबालिकाहरू फेल भएका छन्। ५२ प्रतिशत फेल गराउने भनेर कतिपय शिक्षक साथीहरूले चित्त दुखाएका छन् भन्ने सुनेँ। तर, फेल भएका छन् नि त। उपयुक्त समयमा पेपर काटेर रिजल्ट आउट गर्नुपर्छ। पूरक परीक्षा दिने सिस्टम सुरु भएको छ। त्यसको तयारी गर्नुपर्यो। अब तपाईंहरू फर्किनुस्,' उनले भने।
'अहिले प्रतिगामी शक्तिहरू सलबलाएका बेलामा अराजकता फैलाएको बेला किन आन्दोलन किन गर्ने ? प्रतिगामीहरू उपद्रव मच्चाइरहेका छन्, यो प्रतिगामी उपद्रव हो। जसको सामना गरिनेछ। संविधानसम्मत ढङ्गले सामना गरिनेछ। आवश्यकताअनुसार यसलाई सामना गरिनेछ। त्यसमा बल पुग्नेगरी अहिलेको परिस्थितिमा किन आन्दोलन गर्ने ? संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनविपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनसम्मतका कुराहरूलाई सरकार सम्मान गर्छ,' उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: