Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

खेलकुद विकास समिति १४ महिनादेखि प्रमुख र कर्मचारीविहीन

खबरडबली संवाददाता

रेसुङ्गा। खेलकुदप्रति धेरैको आशा छ । नेपालमा पनि खेल क्षेत्रमा थुप्रै संभावना छन् । तर राज्यबाटै खेलकुदको विकासमा उर्जा छैन । पछिल्लो उदाहरण हो, जिल्ला खेलकुद विकास समिति गुल्मी । जहाँ कार्यालय प्रमुखविहीन भएका एक वर्षभन्दा बढि भयो । समितिको तथ्याङ्क अनुसार २०५३ सालदेखि कार्यालय प्रमुखहरु आएका देखिन्छन् । २०७५ सालबाट कार्यालय प्रमुखको रुपमा रहेका डिल्ली विक २०८० माघमा सरुवा भए। अहिले विकास समितिमा कर्मचारीमा रुपमा विकास समितिले नियुक्त गरेका कार्यालय सहयोगी मात्रै छन् । गत वर्षपछि कार्यालय प्रमुख विक सरुवा भएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड चल्यो ।

खेलकुद विकास समितिका पदाधिकारीलेनै सहभागीहरु र अतिथीलाई पत्र काट्ने र दर्ता चलानीसम्मको काम गरे। खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले समितिले मात्रै कार्यालयका कार्यसम्पादन गर्न नसक्ने भएकाले खेलकुदको बेला एक महिना अस्थायी कर्मचारी राखेर खेलको व्यावस्थापन गर्ने अवस्था आएको बताए । खेलकुद विकास समितिमा अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरु एक जना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति वर्षौसम्म समय एक्लो कार्यालय प्रमुखको भरमा रहेपनि जनशक्तिको व्यावस्थापन हुन सकेन् । कार्यालय प्रमुखले लेखाको कामसँगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुराउने समेतको काम गर्नुपर्ने बाध्यता थियो ।

आफुहरुले काम चलाउ रुपमा कार्यालय सहयोगीलाई तलब खुवाउने बाहेक करिव एक वर्षदेखि आर्थिक तथा प्रशासनिक कुनै काम गर्न नसकिएको अध्यक्ष महाकिमले बताए । कार्यालय प्रमुख र प्रशिक्षकका विषयमा राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराए पनि कुनै टुङ्गो नभएको महाकिमले बताए । जिल्ला खेलकुद विकास समितिमा कर्मचारी मात्रै नभएर कुनै पनि खेलका सरकारी प्रशिक्षक छैनन् ।

महाकिमका अनुसार तेक्वान्दो, कराँते, भलिवल, एथ्लेटिक्स, बक्सिङ्ग, उस्सु लगायतका प्रशिक्षक हुनुपर्ने भए पनि स्वयसेवकहरुले प्रशिक्षण दिइरहेका छन् । खेलकुद विकास समिति सरकार परिवर्तनसँगै फेरिने समस्या छ । अहिले पनि आफुहरुको कार्यकाल छँदै हटाइएको भए पनि अदालतका कारण पर्खेर बसिरहेको महाकिमले बताए । उनले अहिले बजेट नभएका कारण जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता पनि नभएको बताए।  जिल्लामा खेलकुद क्षेत्रको विकास र समृद्धिमा काम गर्ने प्रमुख संस्थानै जनशक्ति र प्रशिक्षकविहीन  हुँदा खेलाडीहरुमा निराशा छाएको जिल्ला भलिवल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताए। 

वर्षेनी हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा जिल्लाभरका सयौं खेलाडी सदरमुकाम तम्घासमा प्रतिस्पर्धा गर्थे । तर यो वर्ष बजेट अभावका कारण देखाउँदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड भएन् । जसले सयौं खेलाडीहरुको एउटा प्रतिस्प्रर्धाको माध्यम बन्द भएको छ । धेरै पटक जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड बिजेता मुसिकोट नगरपालिकाले जितेको छ । पालिकाले आफ्नै स्रोतबाट समयमै पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड गरेर जिल्लाको प्रतिक्षामा थियो । तर अन्तत: जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता नहुने खबरले निकै दु:ख लागेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले बताउनुभयो । ‘‘कैयौं खेलाडीहरु खेलका लागि उत्सुक र प्रतिस्पर्धाका लागि तयार थिए । देशको पहिचान दिने खेल बजेटका कारण रोकिनु बिडम्बना हो,’’ उनले भने, ‘‘खेलाडी निराशा बनाउने अवस्था आउनु हुँदैन् ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।  एमालेले यस वर्षलाई पार्टीको आन...

जसपा नेत्रीले पेस्ताेल पड्काउँदै नाचेको भिडिओ भाइरल, अनुसन्धानको लागि जिप्रका बोलाइयो

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ: राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...

सामान्य बर्सातलेनै भासिन थाल्यो कोदारी राजमार्ग

सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending